धनगढी पोष्ट बुधबार, २६ बैशाख २०८१   May 8, 2024

नेपाल प्रधानाध्यापक संघ सुदुरपश्चिमको अध्यक्षमा भट्ट

नेपाल प्रधानाध्यापक संघ सुदुरपश्चिमको अध्यक्षमा भट्ट

धनगढी । नेपाल प्रधानाध्यापक संघ सुदुरपश्चिमको अध्यक्षमा धनगढी माविका प्राधानाध्यापक लक्ष्मणदत्त भट्ट निर्वाचित भएका छन् । संघको प्रथम प्रथम अधिवेशनले भट्टको अध्यक्षताम नया नेतृत्व चयन गरेको हो ।

निर्विरोध चया भएको कार्यसमितिको उपाध्यक्ष जितेन्द्र पौडेल, महासचिव बिष्णु सिंह भण्डारी, सचिव बिष्णु दत्त भट्ट, सदस्य सचिव पदम बहादुर शाह, कोषाध्यक्ष बिमला बोकटी र उपकोषाध्यक्ष केशव राज ओझा रहेका छन

 ।

संघको सदस्यमा जगदिश प्रसाद चटौत (डडेल्धुरा), पदमराज जोशी (बैतडी), तर्कराज जोशी (कैलाली), शुभाज पाध्याय (बाजुरा), देवेन्द्र बहादुर शाह (अछाम), रमेश ओझा (डोटी), भवानी प्रसाद पन्त (कन्चनपुर), सीताराम अवस्थी, महेशदत्त भट्ट, निर्प बहादुर बि.क., बेद प्रकाश जोशी र कृष्ण राज पाठक निर्वाचिन भएका छन् ।

सम्मेलनमा सुदुरपश्चिम प्रदेशमा प्रमुख सचिव डा. हरि लम्सालले सामुदायिक बिद्यालय शैक्षिक गुणस्तर सुधारका लागि बिद्यालयमा असल नेतृत्व आवश्यक हुनु पर्ने र असल नेतृत्वका लागि प्राधानाध्यापकहरु बिद्यालयमा समर्पित भइ आफ्नो मर्यादमा कटिबद्ध भएर लाग्नु पर्ने बताए ।

कैलालीका शिक्षा बिकास तथा समन्वय इकाई प्रमुख बैकुण्ठ प्रसाद सुवेदीले बिद्यालयमा भैरहेका असल अभ्यासहरुएक आपसमा आदान प्रदान गर्नु पर्नेमा जा्ड दिए ।

संघका नवनिर्वाचित अध्यक्ष भट्टले सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर सुधारसँगै प्रधानाध्यापकहरुको हकशित र अधिकारका लागि कटिबद्ध भएर प्रदेश समिति निरन्तर लागि पर्ने बताए ।