धनगढी पोष्ट मङ्गलबार, २५ बैशाख २०८१   May 7, 2024

काठमाण्डौमा नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं । काठमाण्डौंमा नक्कली परीक्षार्र्थी बनेर परिक्षा दिइरहेका एक जना  पक्राउ परेका छन् ।  काठमाडौंको सानो भरयाङ स्थित  रेन्बो कलेजबाट कक्षा १२ को परिक्षा दिइरहेको अवस्थामा नक्कली परक्षार्थी पक्राउ परेका हुन् ।

नक्कली परीक्षार्थी बनेर कक्षा १२ को अंग्रेजी विषयको परीक्षा दिएको आरोपमा २३ वर्षीय आदेशजंग शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले  नागार्जुन नगरपालिका ३ ठूलो भयाङस्थित रेन्बो इन्टरनेसनल कलेजमा शाहीले टंक बहादुर घर्तीको परीक्षा दिएको पाएपछि पक्राउ गरिएको बताए । जाजरकोटको छेडागाड नगरपालिका ५ घर भएका शाही काठमाडौं बागबजार बस्दै आएका छन् ।

अधिकारीले घर्तीको प्रवेश पत्रमा आफ्नो फोटो टाँस गरेर शाहीले परीक्षा हलमा प्रवेश गरेपछि बिहान सवा ८ बजे पक्राउ गरिएको  बताए ।