धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

सुदुरपश्चिम बिश्वबिद्यालयको अनलाइन परिक्षाको समय ५ घण्टा हुने

सुदुरपश्चिम बिश्वबिद्यालयको अनलाइन परिक्षाको समय ५ घण्टा हुने

धनगढी

 सुदुरपश्चिम बिश्वबिद्यालयले खुला किताब अवधारणामा सञ्चालन गर्न लागेको विद्युतीय अनलाइन  परिक्षाको अवधि  पाँच घण्टाको हुने भएको छ । पाँच घण्टा भित्रमा बिद्यार्थीले उत्तर लेखेर इमेलबाट पठाइ सक्नु पर्नेछ ।

 बिद्यार्थीहरुले उत्तरपुस्तिका प्राप्त गरेको पाँच घण्टामा उत्तर लेखेर पठाइसक्नु पर्ने सुदुरपश्चिम बिश्वबिद्यालयका उपकुलपति अम्मराज जोशीले बताए । चार घण्टा विद्यार्थीहरुलाई उत्तर लेख्नका लागि र एक घण्टा लेखिसकेको उत्तर इमेलमा अपलोड गर्नका लागि छुट्याइएको छ उपकुलपति जोशीले भने– ‘ए फोर साइजको कागजमा विद्यार्थीहरुले हातले लेखेर वा कम्प्यूटरमा टाइप गरेर परिक्षा दिन पाउनेछन्, त्यसलाई प्रष्ट देखिने गरी इमेलमा पठाउनु पर्नेछ ।  

 बिश्वबिद्यालयले बिद्यार्थीहरुलाई इमेलमा प्रश्नपत्र पठाउनेछ । उनले विद्यार्थीले घरवाटै वा आफुलाई पायक पर्ने ठाउँमा बसेर परीक्षा दिन सक्ने वताए । यसरी प्राप्त गरेको उत्तरपुस्तिका क्याम्पसले सोही दिन राति १२ बजेभित्र परीक्षा नियन्त्रण कार्यालयलाई इमेल गरिसक्नुपर्ने छ ।  परिक्षामा सहभागी विद्यार्थीलाई कितावको उत्तर भन्दा मौलिक उत्तरलाई प्राथमिकता दिनुपर्नेछ ।

 विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणका कारण लामो समयसम्म कक्षामा राखेर विद्यार्थीलाई पढाउन र पढाईको मुल्याङ्कन गर्न सक्ने अवस्था नभएपछि सुदूरपश्चिमाञ्चल विश्व विद्यालयले अनलाईन पद्धतिबाटै परिक्षा सञ्चालन गर्न लागेको हो । उपकुलपति प्राध्यापक डाक्टर जोशीले अनलाईन विधिबाट परिक्षा सञ्चालन गर्न चुनौती भए पनि असम्भव नभएको बताए ।

 अव विद्यार्थीलाई घरमै थन्काएर राख्न सकिदैन उपकुलपति जोशीले भने– ‘लकडाउन खुल्ला र कक्षा सञ्चालन गरौंला भन्ने पनि छैन, यस्तो अवस्थामा विद्यार्थीलाई वैकल्पिक तरिकाले शिक्षा प्रदान गर्नैपर्छ, हामीले त्यसकै तयारी गरेका हौं ।

 उनले परिक्षामा सहभागी हुने सवै विद्यार्थीलाई सम्पर्कमा ल्याएर परिक्षाको तयारी गर्न जानकररी गराई सकेको बताए । इन्टरनेटको सुविधा नभएका विद्यार्थीलाई सहजता प्रदान गर्न स्थानीय तहसंग समन्वय गरेका छौं उपकुलपति जोशीले भनेविद्यार्थीको पहुँचमा रहेको विद्यालयसंग पनि सहकार्य गर्ने प्रयत्न गरिरहेका छौं ।

 सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले असोज दोस्रो सातादेखि सञ्चालन हुने गरी स्नातक तह तेस्रो शत्रका सवै, इन्जिनियरिङको स्नातक तह पहिलो र तेस्रो शत्र र स्थानीय तह कृषि विज्ञान बिषयका पहिलो र तेस्रो शत्रका परीक्षा सञ्चालन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ ।