धनगढी पोष्ट
मङ्गलबार, ३० भदौ २०७७ मा प्रकाशित
धनगढी
सुदूरपश्चिम प्रदेशको बैतडी जिल्लामा १२ दिन पछि पुनः ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भदौ १९ गते अन्तिम व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएकोमा त्यस तया भने बैतडीमा संक्रमित थपिएका थिएनन् । बैतडीमा सोमबार मात्रै अन्तिम संक्रमित डिस्चार्ज भएसंगै बैतडी जिल्ला संक्रमित मुक्त बनेको थियो ।
तर एक दिन नपुग्दै पुनः बैतडीको दशरथ चन्द नगरपालिका वडा नम्बर–७ का ६ जना र डिलाशैनि गाउँपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको बैतडीका कोरोना फोकल पर्सन भुवन जोशीले बताए ।
मंगलबार संक्रमण पुष्टि भएका ६ जना संगै बैतडीमा कोरोना संक्रमितको संख्या ३ सय ८३ पुगेको छ । भने सक्रिय संक्रमितको संख्या ८ रहेको फोकल पर्सन जोशीले बताए ।,
यस अधि बैतडीमा असार २९ देखी साउन १० गते सम्म समेत कोरोना संक्रमित मुक्त जिल्ला बनेको थियो ।
कोरोना फोकल पर्सन जोशीका अनुसार बैतडीमा १२ हजार ७६ जना भारत तथा जिल्ला बाहिरका अन्य स्थानबाट फर्केर क्वारेन्टिनमा बसेका थिए ।
ती मध्ये हालसम्म ४ हजार २८ जनाको पीसीआर परीक्षण भएको छ ।