धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

सुदूरपश्चिममा सक्रिय संक्रमितको संख्या ९ सय २३ पुग्यो

सुदूरपश्चिममा सक्रिय संक्रमितको संख्या ९ सय २३ पुग्यो

धनगढी

  सुदूरपश्चिम प्रदेशमा हाल सम्म कोरोना संक्रमण पुष्टि भएका मध्य ९ सय २३ जना सक्रिय अवस्था अथवा उपचाररत संक्रमित रहेका छन् ।

  सुदूरपश्चिममा ६ हजार ६ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ५ हजार ७ सय ५१ जना निको भएर घर गइसकेका  छन् ।

स्वास्थ्य निर्देशनालय राजपुर डोटीका अनुसार हाल सवै भन्दा बढी सक्रिय संक्रमित कैलाली जिल्लामा रहेका छन् भने कम संक्रमित हुने जिल्ला बाजुरा छ ।

हाल कैलाली जिल्लामा ४ सय ७० कोरोनाका सक्रिय संक्रमित हुँदा बाजुरामा ९ जना सक्रिय संक्रतिम मात्र रहेका छन् । निर्देशनालयका अनुसार सक्रिय संक्रमित बढी हुने दोश्रो जिल्ला डोटी रहेको छ ।

  डोटीमा शनिबार सम्म १ सय १८ जना सक्रिय संक्रमित रहेका छन् । यसै गरी अछाममा ७७, बैतडीमा ६९, बझाङमा ८९, डडेल्धुरामा १५, दार्चुल्लामा ३०, र कञ्चनपुरमा ४५ जना सक्रिय संक्रमित रहेका निर्देशनालयले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशमा पाँच हजार ७ सय ५१ जना संक्रमण मुक्त भएका छन् । हाल सम्म सुदूरपश्चिममा ६ हजार ६ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ५ हजार ७ सय ५१ जना अर्थात ८६ प्रतिशत नागरिक कोरोना संक्रमण निको भएर घर गएका सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा जारी प्रेश विज्ञप्तिमा उल्लेख छ ।

 निर्देशनालयका अनुसार हाल सम्म सुदूरपश्चिममा ७८ हजार ९३ जनाको पिसिआर विधिबाट कोरोना परिक्षण गरिएको छ । स्वास्थ्य निर्देशनालय राजपुर डोटीद्वारा जारी विज्ञप्ति अनुसार हाल सम्म सुदूरपश्चिममा ७९ हजार ४ सय ८८ जनाको स्वाव संकलन गरिएको छ । ती मध्य ७८ हजार ९३ नमूनाको नतिजा आएकोमा ६ हजार ६ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

परिक्षण गरिएका नमूना मध्य ७१ हजार ४ सय ७ जनाको स्वावको नतिजा नेगेटिभ आएको छ । स्वाव संकलन गरिएका मध्य १ हजार ३ सय ९५ जनाको नतिजा आउँन बाँकी रहेको निर्देशनालयले जनाएको छ ।