धनगढी पोष्ट आइतबार, २७ पुष २०८२   January 11, 2026

डडेल्धुरा अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु

डडेल्धुरा अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु

धनगढी

    डडेल्धुरा अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । डडेल्धुराको नवदुर्गा गाउँपालिकाका ४८ बर्षीय पुरुषको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

   दुई दिनअघि भारतबाट आएका उनी श्वासप्रश्वासमा समस्या भएपछि अस्पतालमा भर्ना भएका थिए । मृतकका आफन्तले दिएको जानकारी अनुसार उनमा भारतमै कोरोना पुष्टि भएको थियो भने डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा पनि संक्रमण पुष्टि भएको हो ।

  डडेल्धुराका प्रमुख जिल्ला अधिकारी बन्धुप्रशाद वास्तोलाले मृतकको शव अहिले डडेल्धुरा अस्पतालमै राखिएको र नेपाली सेनाले व्यवस्थापन गर्ने बताए । यो संगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित मृतकको संख्या १३ पुगेको छ ।