धनगढी पोष्ट शुक्रबार, ०४ बैशाख २०८३   April 17, 2026

सेतीको परिक्षणमा कैलालीका थप २४ जनामा कोरोना पुष्टि

सेतीको परिक्षणमा कैलालीका थप २४ जनामा कोरोना पुष्टि

धनगढी

   सेती प्रादेशीक अस्पताल धनगढीको प्रयोगशालामा बिहिवार गरिएको परिक्षणमा कैलालीका थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको     छ  । जसमा १७ जना धनगढी उपमहानगरपालिकाका बिभिन्न वडाका रहेका छन् ।

 सेती प्रादेशीक अस्पतालले जारी गरेको बिज्ञप्ती अनुसार  पछिल्लो २४ घण्टामा तीन सय ४९ जनाको परीक्षण गर्दा २४ जनामा संक्रमण पुष्टि भएको छ । जसमा धनगढी उपमहानगरपालिका वडा नम्बर ११ का ४ महिला र ६ पुरुष गरी १० जना, वडा नम्बर २ का चार पुरुष र वडा नम्बर १२ का एक महिला र दुई पुरुष गरी तीन जनामा संक्रमण पुष्टि भएको बिज्ञप्तीमा उल्लेख छ ।

  यस्तै लम्कीचुहा नगरपालिकाका दुई महिला र दुई पुरुष गरी चार जना, जानकी गाउँपालिकाका दुई जना र गोदावरी नगरपालिकाका एक जनामा कोरोना पुष्टि भएको बिज्ञप्तीमा उल्लेख छ ।