धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

एकैदिन झण्डै १५ सयमा देखियो कोरोना संक्रमण

एकैदिन झण्डै १५ सयमा देखियो कोरोना संक्रमण

धनगढी

  नेपालमा बिहिवार थप १ हजार ४ सय ९७ जनामा  कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यस सँगै नेपालमा कोरोना संक्रमिको कुल संख्या ६९ हजार ३ सय १ पुगेको छ ।

   यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप १७ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा १२ पुरुष र ५ महिला  छन् ।

  मोरङकी ५५ वर्षीया महिला, झापाका ७८ वर्षीय पुरुष, सुनसरीकी ८१ वर्षीया महिला, धनुषाका ६८ र ७० वर्षीय पुरुष, रौतहटका ६५ वर्षीय पुरुष, भक्तपुरका ८४ वर्षीय पुरुष र ७३ वर्षीया महिला, काठमाडौँकी ८२ वर्षीया महिला तथा ७५, ८० र ७९ वर्षीय पुरुष, धादिङकी ३२ वर्षीया महिला, तनहुँका ३९ वर्षीय पुरुष, दाङका ३९ वर्षीय पुरुष, कपिलवस्तुका ५० वर्षीय पुरुष र नवलपरासीका ५५ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको   छ ।

 यस सँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ सय ५३ पुगेको छ ।मन्त्रालयका अनुसार बिहीबार ४ सय ५७ जना कोरोना संक्रमित डिस्चार्ज भएका  छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ५० हजार ४ सय ११ पुगेको छ ।