धनगढी पोष्ट
शनिबार, १० असोज २०७७ मा प्रकाशित
धनगढी
धनगढी–अत्तरिया ६ लेन सडकमा विङगरले ‘मोर्निङ वाक’ गर्ने चार जनालाई ठक्कर दिएको छ । भे १ ज ६१८ नम्वरको विङगरले ६ लेन सडक अन्तरगत अत्तरियाको मनिषा पेट्रोल पम्प अगाडि ठक्कर दिएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले विङगरको ठक्करबाट चार जना घाईते भएको जानकारी दिए ।
घाईते मध्ये गोदावरी नगरपालिका वडा नम्वर १ बस्ने ११ बर्षीय चादनी महराको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । उनलाई उपचारका लागि कोहलपुर पठाइएको छ भने अन्यको अवस्था सामान्य छ ।