धनगढी पोष्ट
बुधबार, १४ असोज २०७७ मा प्रकाशित
धनगढी
यूएईकमा जारी इण्डियन प्रिमियर लिग (आइपियल) अन्तरगत जारी सिजनमा सनराईजर हैदरावदले पहिलो जित हााशिल गरेको छ । यस अघि दुई खेलमा लगातार पराजित हुँदै अंक बिहीन हैदरावादले मंगलबार राती सम्पन्न खेलमा दिल्लि क्यापिटललाई पराजित गर्दै दुई अंक जोडेको छ ।
अबुधाबीमा भएको खेलमा सनराइजर्स हैदराबादले दिल्ली क्यापिटल्सलाई १४ रनले पराजित ग¥यो । यो नतिजापछि हैदरावादले लगातार हारको क्रमलाई रोकेर पहिलो जित आत्मसात् गरेको छ । सुरुआती लगातार दुई खेल जितेको दिल्लीले भने पहिलो हारको सामना ग¥यो । अब प्रतियोगितामा सम्मिलित सबै आठ टिमले कम्तीमा एक जित र एक हार बेहोरेका छन् ।
टस हारेर ब्याटिङको निम्तो पाएको हैदरावादले २० ओभरमा चार विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो । वार्नरले पहिलो विकेटका लागि जोनी बियरेस्टोसँग मिलेर ७७ रनको साझेदारी गरे ।
वार्नरले ४५ र बियरेस्टोले ५३ रन बनाए । यस्तै इनिङ्सको अन्त्यतिर केन विलियम्सनले ४१ रन बनाए । जवाफी ब्याटिङ गर्दै दिल्लीले २० ओभरमा सात विकेट गुमाएर १ सय ४७ रन बनायो ।
दिल्लीले पनि खुलेर रन बनाउन संघर्ष गरेको थियो । उसका लागि शिखर धवनले बनाएको ३४ रन नै सर्वाधिक रह्यो ।