धनगढी पोष्ट शुक्रबार, २६ मङि्सर २०८२   December 12, 2025

स्टेपिङ स्टोन बोर्डिङ स्कुल  र विद्याभुषण  ‘बाल्मिकी प्लस टु राइजिङ स्टार प्रिमियर लिगको फाइनलमा

स्टेपिङ स्टोन बोर्डिङ स्कुल  र विद्याभुषण  ‘बाल्मिकी प्लस टु राइजिङ स्टार प्रिमियर लिगको फाइनलमा

धनगढी । ‘बाल्मिकी प्लस टु राइजिङ स्टार प्रिमियर लिगको फाइनलमा स्टेपिङ स्टोन बोर्डिङ स्कुल  र विद्याभुषण पब्लिक स्कुल  प्रतिस्पर्धा गर्ने भएका छन् । आज (शुक्रवार ) भएका सेमीफाइनल खेलमा स्टेपिङ स्टोनले गुरुकुल एकेडेमीलाई र बिद्याभुषण पव्लिक स्कुलले ऐश्वर्य विद्या निकेतनलाई पराजित गर्दै प्रतियोगिताको  फाइनलका लागि छनौट भएका हुन् ।

मंसिर १८ गते शुरु भएको अण्डर ८ कक्षाको बिद्यालय स्तरिय क्रिकेट प्रतियोगितामा २४ बिद्यालयको सहभागिता रहेको छ । फाइनल खेल भोलि (शनिबार) हुँदैछ ।

 पहिलो सेमिफाइनल खेलमा स्टेपिङ स्टोनले गुरुकुल एकेडेमीलाई ६६ रनले पराजित गरेको होे । पहिले व्याटिङ गरेको स्टेपिङ स्टोनले १५ ओभरमा ५ विकेट गुमाएर  १ शय ४३ रन जोडेको थियो ।   १ शय ४४ रनको लक्ष्य लिएर  दोश्रो इनिङमा ब्याटिङ गरेको गुरुकुल ११ दशमलब २ ओभरमा सबै विकेट गुमाएर ७७ रनमा सीमित भएको थियो ।

त्यस्तै दोश्रो सेमीफाइनल खेलमा विद्याभुषणले ऐश्वर्य विद्या निकेतनलाई २ विकेटले पराजित गरेको हो ।

धनगढीको मट्यारीमा रहेको श्रीकृष्ण सामुदायिक वनको खेल मैदानमा भैरहेको प्रतियोगितामा २४ टीमको सहभागिता रहेको छ  ।