धनगढी पोष्ट
शनिबार, २७ मङि्सर २०८२ मा प्रकाशित
धनगढी । बाल्मिकी प्लस टु राइजिङ स्टार प्रिमियर लिगको उपाधि विद्याभुषण पव्लिक स्कुलले जितेको छ । शनिवार भएको आरपीएलको फाइनल खेलमा स्टेपिङ स्टोन स्कुललाई २६ रनले पराजित गर्दै विद्याभुषणले उपाधि जितेको हो ।
टस जितेर पहिले व्याटिङ रोजेको विद्याभुषणले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ शय २५ रन जोडेको थियो । विद्याभुषणका लागि पुयुषले २१ बलमा ३१ रन, बिपनले २३ बलमा २३ रन र प्रतिकले ३४ बलमा २० रनको योगदान दिएका थिए ।
१ शय २६ को लक्ष्यका साथ ब्याटिङ शुरु गरेको स्टेपिङ स्टोन १७ ओभरमा सबै विकेट गुमाएर ९९ रनमा अलआउट भएको थियो । स्टेपिङका लागि आदित्यले २१ बलमा २९ रन, साहिलले १८ बलमा १४ रन र प्रशान्तले ११ बलमा १३ रनको योगदान दिएका थिए । बलिङमा स्टेपिङका बिपिनले ३ ओभरमा ३ विकेट लिएर ६ रन दिएका थिए भने दिपकले ४ ओभरमा १९ रन दिएर ३ विकेट लिएका थिए ।
विद्याभुषणका विकासले ४ ओभरमा १९ रन दिएर २ विकेट लिएका थिए भने निर्मलले ४ ओभरमा २२ रन दिएर २ विकेट लिएका थिए, साहिलले ४ओभरमा ३१ रन दिएर २ विकेट लिएका थिए ।
प्रतियोगितका विजेताले ५१ हजार नगद, ट्रफी र मेडल प्राप्त गरेका छन् भने प्रतियोगिताका द्धितीयले ५१ हजार नगद, ट्रफी र मेडल प्राप्त गरेका छन् । सर्वोत्कृष्ट खेलाडीले नगद पाँच हजार, उत्कृष्ट ब्याटर, बलर र उदयमान खेलाडीलाई दुई–दुई हजार प्रप्त गरेका छन् ।
निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर धनगढीका अध्यक्ष तीर्थराज पन्त र कैलाली हार्डवेयर व्यवसायी संघका अध्यक्ष कुवेर शाहीले प्रतियोगिताका विजेता र उपविजेतालाई पुरस्कार प्रदान गरेका हुन् ।
मंसिर १८ गतेबाट शुरु भएको उक्त प्रतियोगितमा कैलाली कन्चनपुरका २४ विद्यालयहरुको सहभागिता रहेको थियो । विद्यालय स्तरमा क्रिकेटको विकास गर्ने उदेश्यले राइजिङ स्टार स्कुलले कक्षा ८ सम्मका बिद्यार्थीहरुको अन्तर बिद्यालय क्रिकेट प्रतियोगिता आरपीएलको आयोजना गरेको हो ।
प्रतियोगिताका उत्कृष्ट खेलाडीको पुरस्कार स्टेपिङ स्टोनका बिकास धामीले, प्रतियोगिताका इमर्जिङ खेलाडीको पुरस्कार राइजिङ स्टारका अविनाश भट्टराईले, प्रतियोगिताका उत्कृष्ट ब्याट्सम्यानको पुरस्कार विद्याभुषणका विज्ञान बोहराले, उत्कृष्टको बलरको पुरस्कार स्टेपिङ स्टोनका निर्मल बोगटीले प्राप्त गरेका छन् ।
समापन कार्यक्रममा राइजि स्टारका प्रिसिपल हरिश शाहीले युवाहरुमा प्रतिभाको विकास गर्न क्रिकेट प्रतियोगिता आयोजना गरिएको बताए । प्रिन्सिपल शाहीले आगामी दिनमा लिगलाई अझै परिष्कृत र आकर्षक बनाएर लैजाने प्रतिवद्धता व्यक्त गरे ।