धनगढी पोष्ट
सोमबार, २२ मङि्सर २०८२ मा प्रकाशित
धनगढी । बाल्मिकी प्लस टु राइजिङ स्टार प्रिमियर लिग अन्तर्गत आज (सोमबार) भएको पहिलो खेलमा वात्सल्य बिद्या निकेतन बेलौरी कन्चनपुर ७० रनको अन्तरले विजयी भएको छ । १ शय ३५ रनको लक्ष्य लिएर दोश्रो इनिङमा ब्याटिङ गरेको ज्ञानदिपले ९.१ ओभरमा ६४ रन जोडेर सबै विकेट गुमाएपछि वात्सल्यले सहज जित हात पारेको हो ।
वात्सल्यले निर्धारित दश ओभरमा तीन विकेट गुमाएर १ शय ३४ रन जोडेको थियो । वात्सल्यका लागि मानवले २० बलमा ३४ रन, संगीतले २९ बलमा २६ रन र सुशांकले ५ बलमा १६ रनको योगदान दिएका थिए ।
ज्ञानदिपका दिपेशले ११ बलमा २५ रन, मनोजले १० बलमा १४ रन जोडेका थिए ।
मंसिर १८ गतेदेखि बाल्मिकी प्लस टु राइजिङ स्टार प्रिमियर लिग शुर भएको हो । कक्षा ८ सम्मका बिद्यार्थीहरुको सहभागिता रहेको उक्त प्रतियोगिताम २३ बिद्यालयको सहभागिता रहेको छ ।