धनगढी पोष्ट शनिबार, ३० फागुन २०८२   March 14, 2026
बाल्मिकी प्लस टु राइजिङ स्टार प्रिमियर लिगको पाँचौ दिन

पहिलो खेलमा ज्ञान दिप बिरुद्ध वात्सल्य बिद्या निकेतनका ७० रनले  जित

पहिलो खेलमा ज्ञान दिप बिरुद्ध वात्सल्य बिद्या निकेतनका ७० रनले  जित

धनगढी । बाल्मिकी प्लस टु राइजिङ स्टार प्रिमियर लिग अन्तर्गत आज (सोमबार) भएको पहिलो खेलमा वात्सल्य बिद्या निकेतन बेलौरी कन्चनपुर ७० रनको अन्तरले विजयी भएको छ । १ शय ३५ रनको लक्ष्य लिएर दोश्रो इनिङमा  ब्याटिङ गरेको  ज्ञानदिपले ९.१ ओभरमा ६४ रन जोडेर सबै विकेट गुमाएपछि वात्सल्यले सहज जित हात पारेको हो ।

वात्सल्यले निर्धारित दश ओभरमा तीन विकेट गुमाएर   १ शय ३४ रन जोडेको थियो । वात्सल्यका लागि मानवले २० बलमा ३४ रन, संगीतले २९ बलमा २६ रन र   सुशांकले ५ बलमा १६ रनको योगदान दिएका थिए ।

ज्ञानदिपका दिपेशले ११ बलमा २५ रन, मनोजले १० बलमा १४ रन जोडेका थिए ।

 मंसिर १८ गतेदेखि बाल्मिकी प्लस टु राइजिङ स्टार प्रिमियर लिग शुर भएको हो । कक्षा ८ सम्मका बिद्यार्थीहरुको सहभागिता रहेको उक्त प्रतियोगिताम २३ बिद्यालयको सहभागिता रहेको छ ।