धनगढी पोष्ट शनिबार, ३० फागुन २०८२   March 14, 2026
बाल्मिकी प्लस टु राइजिङ स्टार प्रिमियर लिगको पाँचौ दिन

हिलवर्ल्ड इङलिश स्कुलद्धारा किडस जोन ६४ रनले पराजित

हिलवर्ल्ड इङलिश स्कुलद्धारा किडस जोन ६४ रनले पराजित

धनगढी । बाल्मिकी प्लस टु राइजिङ स्टार प्रिमियर लिग अन्तर्गत आज (सोमबार) भएको  खेलमा हिलवल्र्ड इङलिश बोर्डिङ  स्कुल ७४ रनको फराकिलो अन्तरले विजयी भएको छ ।आरपीएलमा हिलवर्ल्डको यो दोश्रो जित हो ।

पहिले ब्याटिङ गरेको हिल्वल्र्डले निर्धारित १० ओभरमा  ६ विकेटको क्षतिमा १ शय ३४ रन बनाएको थियो । १ शय ३५ रनको लक्ष्य लिएर  ब्याटिङ गरेको किड्स जोन  ले ९.१ ओभरमा ६० रनमै  सबै विकेट गुमाएको थियो ।

हिलवल्र्डका लागि मनिष ओडले १२ बलमा ४८ रन, निसान्तले १७ बलमा २७ रन र हिमालले ९ रनमा १८ रनको योगदान गरेका थिए ।

किडस जोनका टेकेन्द्रले१२ बलमा १८ रन र रिभले १० बलमा ११ रनको योगदान गरेका थिए ।

उक्त खेलका हिलवल्र्डका मनिष ओडलाई म्यान अफ द म्याच घोषणा गरिएको थियो । वर्डलाई म्यान अफ द म्याचको पुरस्कार धनगढी पोष्ट दैनिकका सम्पादकन कर्ण शाहले प्रदान गरेका थिए ।

मंसिर १८ गतेदेखि बाल्मिकी प्लस टु राइजिङ स्टार प्रिमियर लिग शुर भएको हो । कक्षा ८ सम्मका बिद्यार्थीहरुको सहभागिता रहेको उक्त प्रतियोगिताम २३ बिद्यालयको सहभागिता रहेको छ ।