धनगढी पोष्ट सोमबार, १३ असोज २०८३   September 28, 2026

मंसिर १६ देखि २९ गतेसम्म हुनेगरी दशौं राष्ट्रिय खेलकुदको मिति तय

मंसिर १६ देखि २९ गतेसम्म हुनेगरी दशौं राष्ट्रिय खेलकुदको मिति तय

धनगढी । आगामी मंसिर १६ गते देखि २९ गते सम्म सञ्चालन हुने गरी दशौं राष्ट्रिय खेलकुदको मिति तोकिएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बिहिबार बसेको १२५औं बोर्ड बैठकले पाँचौंपटक दशौं राष्ट्रिय खेलकुदको उक्त मिति तय गरेको एक सहभागीले जानकारी दिए । दशौं खेलकुद कर्णाली प्रदेश हुने यसअघि नै तय भइसकेको छ । यसअघि पनि पटकपटक मिति तय भएपनि दशौं खेलकुद हुन सकेको छैन । २०७९ कात्तिक–मंसिरमा भएको नवौं राष्ट्रिय खेलकुदको समापनमा १०औं राष्ट्रिय खेलकुद २०८१ मंसिरमा कर्णाली प्रदेशमा गर्ने घोषणा भएको थियो ।

पूर्वाधार तयार नभएको भन्दै उक्त समयमा खेल हुन सकेन । त्यसपछि २०८१ चैतका लागि स¥यो । आर्थिक अभाव देखाउँदै त्यस मितिमा पनि भएन । फेरि जेठमा गर्ने निर्णय गरेको राखेपले त्यसमा पनि गर्न सकेन । त्यसपछि जेनजी मन्त्री बनेका बब्लु गुप्ताले २०८२ फागुनमा गर्ने निर्णय गरे । तर, समय नआउँदै मन्त्रीबाट राजीनामा दिएर चुनावमा लागेपछि चौथोपटकको मितिमा पनि दशौं खेलकुद हुन सकेन ।


ट्रेन्डिङ