धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

कर्मचारीमा कोरोना पुष्टि पछि आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरका सम्पूर्ण सेवा बन्द

धनगढी

   आन्तरिक राजस्व कार्यालय महेन्द्रनगर कञ्चनपुरले सम्पूर्ण सेवा बन्द गरेको छ ।

  कार्यालयमा कार्यरत कर्मचारीमा कोरोनाको सङ्क्रमण पुष्टि भएपछि आजदेखि कार्यालयको सेवा बन्द गरेको हो ।

कार्यालयले सार्वजनिक सूचना जारी गर्दै कोरोनाको सङ्क्रमण भएका कर्मचारीको सम्पर्कमा आएका अन्य कर्मचारीको पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरी परीक्षणको लागि पठाइएको जनाएको छ ।

 परीक्षणको नतिजा नआउँदा सम्मका लागि कार्यालयका सम्पूर्ण कार्य बन्द गरिएका सुचनामा उल्लेख छ ।