धनगढी पोष्ट बिहिबार, ०६ मङि्सर २०८१   November 21, 2024
सुदुरपश्चिम प्रदेशको ३३ अर्ब ३८ करोडको बजेट

स्वास्थ्य सेवा सुधार बर्ष मनाइने’

आर्थिक बर्ष २०७७÷०७८ का लागि स्वास्थ्य क्षेत्रको बजेट ३ अरव २६ करोड ६६ लाख विनियोजन गरेको छ ।

धनगढी, 
   सुदूरपश्चिम प्रदेश सरकारले जसमा आगामी आर्थिक बर्षलाई ‘स्वास्थ्य सेवा सुधार बर्ष’ मनाउने घोषणा गर्दै आर्थिक बर्ष २०७७÷०७८ का लागि स्वास्थ्य क्षेत्रको बजेट ३ अरव २६ करोड ६६ लाख विनियोजन गरोके छ । 
   जसमा कोरोना व्यवस्थापनका लागि हरेक जिल्लाका जिल्ला अस्पतालमा कम्तिमा १० शैयाको आइसोलेसन वार्ड निर्माण गर्न ५ करोड, महामारी विरुद्ध लड्नका लागि स्थानीय तहसंग समन्वय गरी स्वास्थ्य संस्थाका भवन निर्माण गर्न तथा बालस्वास्थ्य सेवा प्रभावकारी बनाउन १९ करोड ८५ लाख छ्ट्याइएको छ । ।
   यसैगरी कोरोना महामारी विरुद्ध लड्न टिकापुर, अछाम, बाजुरा बझाङ, डोटी बैतडी, बझाङ र बाजुरामा १०।१० शैयाको भवन निर्माण गर्न ५ करोड १५ लाख, सवारी दुर्घटना पछि घाइतेको तत्काल उपचार गर्न सेती प्रादेशिक अस्पताललाई ट्रमा सेन्टर, टिकापुमा सरुवा रोग अन्वेषण केन्द्र स्थापना गरिने घोषणा गरिएको  छ । 
   १० रोग मध्य ४ रोग खानेपानी संग सम्बन्धीत भएका कारण ९ वटै जिल्लमा खानेपानी योजना निर्माण गरी सरुवा रोग व्यवस्थापनमा १ करोड ३५ लाख छुट्याएको छ । 
   यसैगरी परिवार स्वास्थय बाल स्वास्थ्य तथा महामारी व्यवस्थापनका लागि ३८ करोड, ९ वटै जिल्लामा विशेषज्ञ चिकित्सकिय सेवा तथा सर्जिकल सेवा सहित स्वास्थ्यकर्मीको व्यवस्थापन गर्न ९० लाख, कडा रोगीको हवाई उद्धार गर्न ५० लाख छ्ट्याएको छ । 
    सुदूरपश्चिम प्रदेश सरकारले ‘म हिड्छ, निरोगी बन्ने छु अभियान सञ्चालन गर्ने योजना पनि आगामी आर्थिक बर्ष सञ्चालन गर्ने गरी योजना बनाएको छ । 
  यसैगरी आयुर्वेद चिकित्सा वयवस्थापन तर्फ २ करोड विनियोजन गरेको प्रदेश सरकारले सेती आयुवेर्दिक अस्पताल र महाकाली आयूवेर्दिक अस्पतालको भवन निर्माणका लागि १÷१ करोड छ्ट्याएको छ । 
   यसैगरी टिकापुर, अछाम, बाजुरा, बझाङ, बैतडी, दार्चुला अस्पतालमा आइसोलेसन भवन निर्माण गर्नका लागि ४ करोड ५५ लाख विनियोजन गरेको प्रदेश सरकारले प्रदेशका सवै स्वास्थ्य स्वयंसेविकाको निशुल्क स्वास्थ्य वीमा गर्ने नीति ल्याएको छ । 
थारु समुदायमा देखिने सिकल एनेमिया रोग नियन्त्रणका लागि भने बजेट निर्धारण नगरेको प्रदेश सरकारले आर्थिक रुपमा समस्यामा परेका परिवारलाई निशुल्क स्वास्थ्य सेवा तथा आर्थिक सहायता प्रदान गर्न १ करोड २० लाख तथा मुख्यमन्त्री जेष्ठ नागरिक स्वास्थ्य कार्यक्रम अन्तरगत जेष्ट नागरिकको निशुल्क स्वास्थ्य सेवाका लागि  १ करोड ५७ लाख बजेट छुट्याएको छ ।