धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

सुदूरपश्चिमका बिभिन्न अस्पतालमा सय भन्दा बढी संक्रमित

सुदूरपश्चिमका बिभिन्न अस्पतालमा सय भन्दा बढी संक्रमित

धनगढी

  सुदूरपश्चिम प्रदेशका बिभिन्न अस्पतालमा १ सय ६ जना कोरोना संक्रमित उपचाररत रहेका छन् ।

   शुक्रबार सम्म सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या सात हजार ८ सय ८९ रहेको छ । ति मध्य १ सय ६ जना बिभिन्न अस्पतालको आइसोलेशनमा उपचाररत रहेका छन् । प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार सबैभन्दा बढी टीकापुर अस्पतालमा ४१ जना रहेका छन् ।

   यसैगरी सेती प्रादेशीक अस्पतालमा २२ जना, महाकाली अस्पतालमा २८ जना, जिल्ला अस्पताल अछाममा १० जना, जिल्ला अस्पताल डोटीमा २ जना र डडेल्धुरा अस्पतालमा ३ जना उपचाररत रहेका छन् ।

 शुक्रबार सम्म प्रदेशका ९ वटै जिल्लाबाट गरी ६ हजार सात सय ३१ जना डिस्चार्ज भएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको  छ ।