धनगढी पोष्ट
सोमबार, २६ असोज २०७७ मा प्रकाशित
धनगढी
डडेल्धुरामा गरिएको परीक्षणमा थप ९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भुसालका अनुसार बैतडीको पाटन नगरपालिकाका ७ र डडेल्धुराको परशुराम नगरपालिका–५ का २ जनामा संक्रमण पुष्टि भएको हो ।
उनका अनुसार प्रयोगशालामा पछिल्लो २४ घण्टामा ६७ जनाको परीक्षण गरिएको थियो ।