धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

अछाम मेल्लेखका स्थानीयले ३२ वर्षपछि लालपुर्जा पाए

अछाम मेल्लेखका स्थानीयले ३२ वर्षपछि लालपुर्जा पाए

धनगढी

   अछामको मेल्लेख गाउँपालिका वडा नम्बर ३ का बासिन्दाले  ३२ बर्षपछि लालपुर्जा पाएका छन् । त्यसको खुसीमा घरघरमा दिपावली समेत मनाए ।

   २०४५ साल पछि मेल्लेखका २ सय ५० घरधुरीलाई जग्गाधनी लालपुर्जा वितरण गरिएको हो । वाँकी रहेका अन्य १ सय ५७ घरधुरीलाई पनि तत्काल लालपुर्जा वितरण गरिने मेल्लेख गाउँपालिका अध्यक्ष धनबहादुर शाहीले बताए । उनले चुनावमा दिएका बाचा जनता समक्ष पुरा गरेको बताए ।

    २०४५ सालदेखि साविकको कुसकोट र ठाँटीबीच (हाल मेल्लेख गाउँपालिका  वडा नम्वर ३) को सीमा विवादका कारण लालपुर्जा वितरण कार्य रोकिएको थियो । लालपुर्जा वितरण रोकिएको ३२ बर्षपछि सोमवार वितरण गरिएको हो । २०४५ सालमा अन्यले लालपुर्जा पाए पनि दुई गाउँमा पर्ने सीमा विवादका कारण आफुहरुले नपाएको मल्लेख गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष केशव बहादुर शाहले जानकारी दिए । आफु सहित ठाँटीमा बस्ने कसैको पनि लालपुर्जा थिएन उनले भने,–‘यस वर्षको दशैँ भने पनि दिपावली भने पनि हाम्रो लागि यही हो । यो खुसीयालीसँगै ठाँटीका घर घरमा दिप प्रज्वलन गरेर दिपावली मनाएको उनले बताए । उनी मात्रै होईन ठाँटीकै धौले नेपाली क्रिया बसेका थिए । तर लालपुर्जा पाउने भएपछि ठाँटी बजारमै पुगेका थिए । उनलाई एक कार्यक्रमका बीच लालपुर्जा हस्तान्तरण गरिएको छ । लालपुर्जा पाएपछि आफ्नो खुसीको सीमा नै नभएको उनले बताए । पहिलो पटक हातमा लालपुर्जा पर्यो, उनले भने,–‘अव चाहि भुमीको मालिक भईयो । २०५६ सालमा आएर दुई गाउँबीच एक आपसमा सहमति भएपछि सीमा विवाद टुङ्गीएको थियो । २०५७ सालमा मालपोत कार्यालय अछाममा प्रमुख नभएर निमित्तको भरमा चलेको   थियो ।

    लालपुर्जाका लागि प्रमुख नभएर नहुने हुँदा रोकिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का मेल्लेख गाउँपालिका सहइन्चार्ज हेमराज शाहले बताए । विवादीत क्षेत्र ठाँटी बाहेक अन्य नाप नक्सा र दर्ता प्रक्रिया भईसकेको थियो ।

  २०५८ मा तत्कालिन माओवादीले अछामको मंगलसेनमा आक्रमण गरेपछि सम्पुर्ण कार्यालय ध्वस्त भए । सम्पुर्ण कागजात जलेर नष्ट भए। कार्यालयमा भएका कागजात जलेपछि ठाँटीका स्थानीयसँग केही प्रमाण समेत थिएन । श्रेस्ता नहुँदा त्यहाँका स्थानीयबासिन्दालाई लालपुर्जा लिनको लागि निकै समस्या भएको   थियो ।