धनगढी पोष्ट
सोमबार, ०१ असार २०७७ मा प्रकाशित
धनगढी
सुदूरपश्चिम प्रदेश सरकारले चालु् आर्थिक बर्षमा विश्व विद्यलय तथा पोलिटेक्निकल विश्व विद्यालय निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न निर्माण गरेको योजना आगामी आर्थिक बर्ष २०७७।२०७८ मा हुबहु राखेको छ ।
चालु आर्थिक बर्ष बर्षमा विश्वविद्यालय तथा पोलिटेक्निकल इन्स्टिच्यूटको सम्भाव्यता अध्ययन गर्न २ करोड विनियोजन गरेकोमा कुनै पनि काम नभई बजेट फ्रिज जाने सम्भावना बढेको छ । प्रदेश सरकारले सोही योजनालाई हु–बहु राख्दै आगामी आर्थिक बर्ष २०७७।२०७८ मा विद्यालय तथा पोलिटेक्निकल इन्स्टिच्यूटको सम्भाव्यता अध्ययन गर्न १ करोड विनियोजन गरेको छ ।
यसैगरी कैलाली बहुमखी क्याम्पसलाई खुला तथा बैकल्पिक शिक्षण सिकाई स्थल बनाउनका लागि तथा अनलाईन कन्फरेन्स हल र ईलाइब्रेरी निर्माण गर्नका लागि १ करोड ५० लाख विनियोजन गरेको छ ।
यसै री विज्ञान तथा प्राविधिक धार तर्फ अध्ययन, अध्यापन गराउने शैक्षिक संस्थालाई २ करोड ८५ लाख प्रदान गर्ने, उच्च शिक्षा कक्षा सञ्चालन गर्ने क्याम्पसका भवन निर्माण तथा पुस्तकालय र आइसिटी व्यवस्थापन गर्न १५ करोड ७२ लाख विनियोजन गरेको हो ।
प्रदेश सरकारले ‘मेरो विशेषज्ञता मेरै प्रदेशका लागि अभियान अन्तरगत छात्रवृतिका लागि ४ करोड ९३ लाख विनियोजन गरेको छ । यसैगरी प्राविधीका धारका शैक्षिक संस्थामा छात्रावास निर्माण गर्न २० करोड छ्ट्याएको छ ।
‘सानै छु म बढ्न देउ, बाल विवाह हैन पढ्न देउ’ भन्ने नारा सहित बझाङ, बाजुरा, अछाम र दार्चुलाका सवै स्थानीय तहमा बालिका पढाई शिक्षा कार्यक्रम सञ्चालन गर्न १ करोड ६० लाख विनियोजन गरेको छ ।