धनगढी पोष्ट मङ्गलबार, ०३ भदौ २०८३   August 18, 2026

प्रदेशमा जोखिमयुक्त क्षेत्रमा समुदाय स्तरमा परिक्षण गर्ने निर्णय

प्रदेशमा जोखिमयुक्त क्षेत्रमा समुदाय स्तरमा परिक्षण गर्ने निर्णय

धनगढी

  सुदूरपश्चिम प्रदेश कोरोना ब्यबस्थापन समितिले जोखिम रहेका क्षेत्रमा कन्ट्रयाक ट्रेसिङ गर्ने निर्णय गरेको छ ।

   पछिल्लो समयमा समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको आशंका गर्दै पिसिएमसीको बैठकले समुदाय स्तरमा कोरोना परिक्षण गर्ने निर्णय गरेको हो ।

  बैठकले प्रदेशका बिभिन्न जिल्लामा समुदाय स्तरमै कोरोना देखिएकाले सम्बन्धित जिल्ला प्रशासन र स्थानीय तहलाई सचेतना अपनाउन आग्रह गरेको छ ।

सामाजिक विकास मन्त्रालयले प्रदेशमा उपलब्ध भेन्टिलेटरहरु आवश्यकता हेरी बिभिन्न जिल्लामा जडान गर्ने, कोरोना संक्रमण र दशै तिहारलाई लक्षित गरि अबैध मदिरा ओसार पसारमा रोक लगाउने निर्णय  पनि बैठकले गरेको छ । यसैगरी हरेक जिल्लामा वाहिरबाट आउने ब्यक्तिलाई क्वारेन्टिनमा राखि पिसिआर परिक्षण गरेर मात्र घर पठाउने ब्यबस्था मिलाउन जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरिएको छ ।