धनगढी पोष्ट
सोमबार, ०३ कार्तिक २०७७ मा प्रकाशित
धनगढी
सुदूरपश्चिम प्रदेशमा सोमबार कैलालीका ७३ सहित थप एक सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका पाँचवटा प्रयोगशालामा एक हजार २ सय ६१ जनाको परीक्षण गरिएकोमा थप एक सय २७ जनामा संक्रमण पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पतालमा ७ सय ६१ जनाको परीक्षण गरिएकोमा ८८ जनामा संक्रमण पुष्टि भएको छ । सेती अस्पतालले जारी गरेको बिज्ञप्ती अनुसार कैलालीको धनगढी उपमहानगरपालिकाका मात्र ३६ जनामा संक्रमण पुष्टि भएको छ ।
बिज्ञप्ती अनुसार कैलालीको धनगढी उपमहानगरपालिकाको वडा नम्बर १ का १३ जना, वडा नम्बर ३ का ७ जना, वडा नम्बर ४ का ५ जना, वडा नम्बर ७ का ४ जना, वडा नम्बर ५ का ३ जना र वडा नम्बर ६ का २ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै वडा नम्बर २ र १३ का एक÷एक जनामा पनि संक्रमण पुष्टि भएको छ ।
यस्तै कैलालीकै टीकापुर नगरपालिकाका २५ जना, गोदावरी नगरपालिका–५ का ५ जना, मोहन्याल गाउँपालिकाका २ जना, गौरीगंगा नगरपालिका–३ का १ जना र ठेगाना नखुलेका ४ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाका ७ जना, कृष्णपुर नगरपालिका–३ का २ जना, शुक्लाफाटा नगरपालिका–१ र ठेगाना नखुलेका एक÷एक जनामा संक्रमण देखिएको अस्पतालद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ । त्यस्तै डोटीको बडीकेदार गाउँपालिकाका ३ जना र बैतडीको दशरथचन्द नगरपालिका–४ का एक जनामा पनि कोरोना पुष्टि भएको छ ।
डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ३१ जनामा संक्रमण पुष्टि भएको छ । १ सय ९४ जनाको कोरोना परीक्षण भएकोमा ३१ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।
अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले डोटीको दिपायल सिलगढी नगरपालिकाका २० जना, बोगटान फुडशिल गाउँपालिकाका ६ जना, शिखर नगरपालिकाका ३ जना, त्यसैगरी आदर्श गाउँपालिका र केआई सिह गाउँपालिकाका एक÷एक जनामा कोरोना संक्रमण भेटिएको बताए ।
यस्तै बझाङको प्रयोगशालामा गरिएको परीक्षणमा थप ४ जना, अछामको कमलबजार स्थित प्रयोगशालामा भएको परीक्षणमा ३ जना र डडेल्धुरा अस्पताल गरीएको परीक्षणमा थप एक जनामा संक्रमण पुष्टि भएको सामाजिका विकास मन्त्रालयका स्वास्थ्य महाशखा प्रमुख नरेन्द्र कार्कीले जानकारी दिए ।