धनगढी पोष्ट
बुधबार, ०५ कार्तिक २०७७ मा प्रकाशित
धनगढी
सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या साढे सात हजार नजिक पुगेको छ । मंगलबार सम्म सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण पुष्टि भएका ८ हजार ८ सय ४२ मध्य ७ हजार ४ सय २१ जना संक्रमण मुक्त भएका प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
मंगलबार अछामबाट १४ जना, बैतडीबाट ३ जना, कञ्चनपुरबाट २ जना, बझाङबाट ५जना, दार्चुलाबाट १जना महाकालीबाट ५जना गरि ३० जना डिस्चार्ज भएका छन । यो संगै डिष्चार्ज हुनेको संख्या ७ हजार ४ सय २१ पुगेको हो ।
अब सुदूरपश्चिम प्रदेशका बिभिन्न जिल्लामा संक्रिय संक्रमितको संख्या १ हजार ४ सय २ पुगेको रहेको छ । प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार सबैभन्दा धेरै कैलालीमा ६ सय ३६, डोटीमा १ सय ४६, कञ्चनपुरमा १ सय ४१, बझाङमा १ सय ४५, अछाममा ८०, बैतडीमा ५२, डडेल्धुरामा ६१, दार्चुलामा १ सय ३० जना र बाजुरा ६ जनामा कोरोनाका संक्रिय संक्रमित रहेका छन ।
सुदूरपश्चिममा २ हजार ७ सय ५६ जनाको स्वावको रिर्पोट आउन बाँकी रहेको प्रदेश सामाजीक बिकाश मन्त्रालयले जनाएको छ । प्रदेशमा हाल सम्म २१ जनाको कोरोनाको कारण मृत्यु भइसकेको छ ।