धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

सुदूरपश्चिमका ७ हजार ५ सय भन्दा बढीले जिते कोरोना संक्रमण

सुदूरपश्चिमका ७ हजार ५ सय भन्दा बढीले जिते कोरोना संक्रमण

धनगढी

 सुदूरपश्चिम प्रदेशका ७ हजार ५ सय ९५ जनाले कोरोना संक्रमण जितेका छन् ।

प्रदेशभर बिहिवार सम्म संक्रमण पुष्टि भएका ९ हजार २ सय ९४ जना मध्य ७ हजार ५ सय ९५ जनाले कोरोना संक्रमण जितेको प्रदेश सामाजिक मन्त्रालयले जनाएको छ ।

 सबैभन्दा धेरै कैलालीमा ३ हजार ६ सय ४ जना संक्रमित रहेका छन् । डोटीमा १ हजार २ सय ५२, अछाममा १ हजार १ सय ६३, कञ्चनपुरमा १ हजार १९, बझाङमा ६ सय २७ जनामा संक्रमण पुष्टि भएको छ ।

 यस्तै बैतडीमा ४ सय ८०, बाजुरामा ४ सय ५९ र दार्चुलामा २ सय ६१ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।