बैतडीमा वैकल्पिक माध्यामबाट शिक्षण गरिने

बैतडीमा वैकल्पिक माध्यामबाट शिक्षण गरिने

धनगढी

 सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीमा वैकल्पिक शिक्षण कार्यक्रम सुरु हुने भएको छ ।

 यस अघि पनि बैतडीमा वैकल्पिक शिक्षण मार्फत पठन पाठन गरिदै आएकोमा असोज १८ गते देखी रोकिएको थियो ।

 सो समयमा कर्मचारीमा कोरोना संक्रमण पुष्टि हुँदा पठन पाठन रोकिएको भएपनि संक्रमित शक्षक कर्मचारी संक्रमण मुक्त भएसंगै पुनः पठनपाठन सुचारु गर्ने तयारी भइरहेको बैतडीको मेलौली नगरपालिकाका शिक्षा शाखा अधिकृतहरिष भट्टले बताए ।

 ‘अहिले कोरोना संक्रमण पुष्टि भएका सवै शिक्षक कर्मचारी निको भएर घर फर्किसकेका छन् उनले भने–‘शिक्षक निको भएसंगै वैकल्पिक शिकाईलाई पुनः सुचारु गर्ने योजना बनाएका हौं । उनका अनुसार आइतबार देखी मेलौलीमा वैकल्पिक कक्षा संचालन गर्ने तयारी गरिएको छ ।

 आइतबार देखी वैतडीका अन्य स्थानीय तहले पनि वैकल्पिक कक्षा संचालन गर्ने तयारी गरेको उनले बताए ।

 उनका नुसार तल्लो तहका कक्षामा अध्यनगर्ने विद्यार्थीलाई भने विद्यालयमै तथा टोल टोलमै गएर स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएउँदै पठन पाठन सञ्चालन गर्ने तयारी गरिएको छ ।

 मेलौली नगरपालिकामा ४६ सामुदायिक र ३ निजी विद्यालयमा गरि ८ हजार बढी विद्यार्थी अध्ययनरत रहेका छन् ।