धनगढी पोष्ट
शुक्रबार, २१ कार्तिक २०७७ मा प्रकाशित
धनगढी
शुक्रबार कैलालीका ७४ सहित सुदूरपश्चिममा थप ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा शुक्रबार गरिएको परीक्षणमा थप ९२ जनामा संक्रमण पुष्टि भएको हो ।
सेती प्रादेशीक अस्पतालले जारी गरेको बिज्ञप्ती अनुसार शुक्रबार धनगढी उपमहानगरपालिकाका ४१ जना, जानकी गाउँपालिकाका १९ जना, टीकापुर नगरपालिकाका ९ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै जोशीपुर र चुरे गाउँपालिकाका २÷२ जना, ठेगाना नखुलेका १ जना, कञ्चनपुरको वेदकोट नगरपालिकाका ९ जना, बेलौरीका २ जनामा पनि संक्रमण पुष्टि भएको बिज्ञप्तीमा उल्लेख छ ।
बिज्ञप्ती अनुसार कञ्चनपुरकै भीमदत्त नगरपालिका, पुनर्वास नगरपालिका, बेल्डाडी गाउँपालिका, कृष्णपुर नगरपालिकाका १÷१ जना, डोटीको दिपायल सिलगढी नगरपालिका, अछामको साफेबगर नगरपालिका र सुर्खेतका १÷१ जनामा पनि संक्रमण पुष्टि भएको छ ।