धनगढी पोष्ट सोमबार, ०८ बैशाख २०८२   April 21, 2025

कैलालीमा कोरोना संक्रमित पुरुषको मृत्यु

कैलालीमा कोरोना संक्रमित पुरुषको मृत्यु

धनगढी

 कैलालीको धनगढी उपमहानगरपालिकाका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

  धनगढी उपमहानगरपालिका वडा नम्बर २ का ८४ वर्षीय पुरुषको सोमबार मृत्यु भएको हो । सेती प्रादेशिक अस्पताल धनगढीका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार उनको सेतीको कोभिड अस्थायी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

 उनमा कडा खालको निमोनियाको समस्या देखिएको थियो । कार्तिक २१ कोरोना पोजिटिभ देखिएको उनलाई त्यसै दिन नै अस्पताल भर्ना गरिएको थियो ।