धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १० हजार ६ सय ४

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १० हजार ६ सय ४

धनगढी

     बिहिवार सुदूरपश्चिमका चार वटा प्रयोगशालामा गरि थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भए संगै संक्रमितको संख्या १० हजार ६ सय ४ पुगेको छ ।

 प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार सेती प्रादेशीक अस्पतालको परिक्षणमा २३ जना, डडेल्धुरा अस्पतालको प्रयोगशालामा ५ जना डोटी अस्पतालको प्रयोगशालामा ११ जना र बझाङ अस्पतालको प्रयोगशालामा ९ जना गरि थप ४८ जनामा संक्रमण पुष्टि भएको हो ।

 कैलालीका १८ सहित सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परिक्षणमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टाको अवधिका सेती प्रादेशिक अस्पतालमा गरिएको ३ सय ५१ जनाको स्वाव परिक्षणमा कैलालीका १८ सहित कञ्चनपुरका ४ र बझाङका १ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

 अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार संक्रमण पुष्टि हुनेमा कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर २ का ३ जना, वडा नमबर ३, , ८ र १९ का १÷१ जना, तथा वडा नम्बर ४ का २ जना रहेका छन् ।

यसैगरी कैलालीकै गोदावरी नगरपालिकाका २, लम्किचुहा नगरपालिकाका ५, गौरिगंगाका १ र उम्मेर नखुलेका कैलालीका १ जनामा पनि बिहीबार संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए । उनका अनुसार बिहीबार नै सेतीको परिक्षणमा बझाङका १ तथा कञ्चनपुरको भिमदत्त नगरपालिकाका ३ र वेलौरी नगरपालिकाका १ जनामा संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार बिहिवार सम्म सुदूरपश्चिम प्रदेशमा सक्रिय संक्रमितको संख्या १७ सय २२ रहेको छ । यस प्रदेशमा बिहिवार सम्म ८ हजार ८ सय ४९ जना कोरोना संक्रमण निको भएर घर फर्केका  मन्त्रालयले जनाएको छ ।