धनगढी पोष्ट सोमबार, ०८ बैशाख २०८२   April 21, 2025

कंचनपुरमा वडाध्यक्ष रुखमा झुण्डिएको अवस्थामा मृत फेला

धनगढी

 कञ्चनपुरका एक वडा अध्यक्ष रुखमा झुन्डिएको अवस्थामा फेला परेका छन ।

 बेलडाँडी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष कृष्ण बहादुर रोकाया रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । ५५ वर्षीय रोकायाको शव सोही वडा स्थित किसान मध्यवर्ती वन भित्र रुखमा झुण्डिएको अवस्थामा शुक्रबार बिहान फेला परेको प्रहरीले जनाएको छ ।

  घर भन्दा करीब एक किलोमिटर टाढाको जंगलमा झुन्डिएको अवस्थामा वडाध्यक्ष रोकायाको शव फेला परेको र घटना सम्बन्धी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलडाँडीका प्रहरी निरीक्षक राजेन्द्र बहादुर सिंहको भनाइ छ ।