धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

टीकापुरको मालपोत कार्यालय अनिश्चितकालका लागि बन्द

धनगढी

 एक जना कर्मचारीमा कोरोना देखिएपछि मालपोत कार्यालय टीकापुरले आजदेखी अनिश्चितकालका लागि सेवा बन्द गरेको छ ।

 कार्यालयले सूचना जारी गर्दै कोरोना संक्रमण सेवाग्राही तथा सर्वसाधारणमा फैलिन नदिन अर्को सूचना जारी नभएसम्मका लागि सेवा बन्द गरेको उल्लेख गरेको छ । सार्वजनिक सूचनामा आन्तरिक÷प्रशासनिक कार्यहरु भने सुचारु रहने जनाईएको छ ।

  कार्यालयमा कार्यरत एक महिला कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । ती महिलाका घरका अन्य सदस्यलाई कोरोना देखिएपछि स्वाव संकलन गरिएको   थियो ।

 ती महिला कर्मचारीमा कोरोना देखिएपछि कार्यालयमा कार्यरत सबै कर्मचारीको स्वाव संकलनको तयारी भैरहेको खरिदार प्रेम प्रकाश सिँहले जानकारी दिए । उनका अनुसार सोमवार बिहान सबै कर्मचारीको स्वाव संकलन गरिनेछ । स्वाव संकलन पश्चात रिपोर्ट नआएसम्म कार्यालयको सेवा ठप्प रहनेछ ।