धनगढी पोष्ट
आइतबार, १५ मङि्सर २०७७ मा प्रकाशित
धनगढी
धनगढी स्थित हिल्वर्ड ईङलिस स्कुलले कोरोना महामारीलाई ध्यानमा राखि बिद्यालयमा स्वाथ्यकर्मी नियुक्त गरेर पढाई सुरु गरेको छ ।
कक्षा १० सम्म संचालित बिद्यालयले बिद्यार्थी तथा शिक्षकको स्वास्थ्यलाई ध्यानमा राखि एच ए अर्जुन खड्कालाई स्वास्थ्य कर्मचारीका रुपमा नियुक्ति गरेको छ । हरेक दिन बिद्यालयमा शिक्षक तथा बिद्यार्थी प्रबेश गर्दा थर्मल गनले चेकजाँच गर्ने गरिएको एचए अर्जुन खड्काले बताए ।
‘चेकजाँच संगै प्ररम्भिक उपचारका लागि औषधि सहितको डेष्क नै राखिएको छ’बिद्यालयका संचालक एबं प्रिन्सिपल डिआर शर्माले भने–‘औषधिहरु पनि राखेका छौं, स्वास्थ्यकर्मीको पनि ब्यबस्था गरेका छौं, अभिभावकलाई ढुक्क भएर वालवालिका बिद्यालय पठाउने वातावरण बनाएका छौं ।’ उनले कोरोना महामारी रहुन्जेल स्वास्थ्यकर्मीलाई बिद्यालयमै राख्ने ब्यबस्था गरिएको बताए ।
प्रिन्सिपल शर्माले हरेक दिन १० मिनेट बिद्यार्थीहरुलाई स्वास्थ्य संगै कोरोना महामारीका वारेमा जानकारी र सचेतना गराउने गरिएको बताए । उनले बिद्यार्थीको संखया बढीरहेको र संख्या बढ्दै गए दुई सिफ्टमा पढाई संचालन गर्ने तयारी गरिएको बताए । उनले अहिले सामाजिक दुरी कायम गरेर पढाई संचालन गरिरहेको पनि बताए । साथै हरेक बिद्यार्थीलाई बिद्यालयमा तातोपानी खाने ब्यबस्था गरिएको प्रिन्सिपल शर्माले जानकारी दिए ।
बिद्यालय ब्यबस्थापन समितका अध्यक्ष भोजबहादुर बमले सकभर बिद्यार्थीलाई सुरक्षित राखेर पढाउने प्रयास भईरहेको बताए । उनले भने–‘कोराना महामारीबाट वालवालिकालाई जोगाउन आवश्यक छ, त्यसका लागि सुरक्षका सबै उपाय अपनाएर पढाई संचालन गरेका छौं ।’