धनगढी पोष्ट शनिबार, १३ असार २०८३   June 27, 2026

रात्रिकालिन क्रिकेट सिरिज सम्पन्न

रात्रिकालिन क्रिकेट सिरिज सम्पन्न

धनगढी

  सर्बोच्च शिखर युवा क्लबको आयोजनामा यहि मंसिर १३ गते देखि आयोजना गरिएको नेपालकै पहिलो रात्रीकालिन  क्रिकेट सिरिज प्रतियोगीता सप्पन्न भएको छ ।

  एक एकको बराबरीमा रहेको सिरिज वारियर्सले आफ्नो कब्जामा पारेको छ पहिले ब्यटिग गरेको वारियर्सले निर्धारित ओभरमा ८५ रन मात्रै बनाउन सक्यो प्रती उत्तरमा ब्याटिंग गरेको लायन्सले लक्ष्य प्राप्त गर्न सकेन र ९ रनको हार बयहोर्न पुग्यो  ।

 नेपालमा रात्रीकालिन क्रिकेट बिकास र संभावना अध्ययन गर्न यो प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष गजेन्द्र सिह बोहाराले जानकारी दिए ।

  आगामी दिनमा थप शसक्त भएर अगाडी बढ्ने अठोट रहेको र साथै यस पटकको सिरिज संचालनका  लागि धनगढी उपमहानगरपालिका वडा नंम्बर १३  का वडा अध्यक्ष बिजयराज जोशीले  ठूलो सहयोग गरेको उनले बताए ।