धनगढी पोष्ट आइतबार, ०९ मङि्सर २०८१   November 24, 2024

सेतीको परीक्षणमा ४४ जनामा कोरोना संक्रमण पुष्टि

सेतीको परीक्षणमा ४४ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी

  मंगलबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  १ सय ९३ जनाको परीक्षणमा १५ महिला र २९ पुरुष गरी ४४ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

 अस्पतालका  सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार मंगलबार पुष्टि भएका मध्य धनगढी उपमहानगरपालिकाका सबैभन्दा बढी १६, लम्किचुहा नगरपालिकाका ४, गोदावरी नगरपालिकाका २, गौरीगंगा नगरपालिका र कैलाली गाउँपालिकाका १÷१ जना र स्थानीय तह नखुलेका ५ जनामा कोरोना पुष्टि भएको छ ।

 यसैगरी कन्चनपुरको भीमदत्त नगरपालिकाका ७ जना, कृष्णपुर नगरपालिका र बेलौरी नगरपालिकाका ४÷४ जनामा संक्रमित पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।