धनगढी नमुना माविमा संचालित स्टिम दु परियोजना सम्पन्न

धनगढी नमुना माविमा संचालित स्टिम दु परियोजना सम्पन्न

धनगढी

 धनगढी नमुना मावि सहित कैलाली जिल्लाका ३० वटा बिद्यालयमा लागु भएको सिमान्तकृत वालिकाहरुको शिक्षामा सहयोग परियोजना (स्टिम टु ) सकिएको छ  ।

 मंगलबार धनगढी नमुना माविमा  स्टिम टु परियोजनाका असल अभ्यास आदान प्रदान तथा परियोजना समापन कार्यशाला आयोजना गरिएको छ । युके एडको आर्थिक सहयोगमा संचालित यस परियोजनाको कैलालीमा बेसले संचालन गरेको थियो ।

 समापन  कार्यक्रममा धनगढी नमुना माविका प्रधानाध्यापक लक्ष्मणदत्त भट्टले यस परियोजनाले बिद्यालयमा धेरै सुधार भएको बताए । उनले खासगरी वालिकाको शैक्षिक गुणस्तरमा बृद्धि भएको बताए । यस कार्यक्रमलाई अझै थप गर्न समेत प्रअ भट्टले आग्रह गरे । यस कार्यक्रमले अघि सारेका क्रियाकलापहरु बिद्यालयमा निरन्तरता दिने पनि प्रअ भट्टले बताए ।

 कार्यक्रममा बेस कैलालीका अध्यक्ष लक्ष्मण चौधरीले परियोजना अन्र्तगत गरिएका क्रियाकलापबारे जानकारी गराएका थिए । उनले खासगरी वालिकालाई सिकाईमा सहयोग पु¥याउन परियोजना अन्र्तगत बिद्यालयमा कम्प्युटर, स्मार्टवोर्ड, पुस्तकालयमा सहयोग, वालमैत्री शौचालय निर्माण, सिकाई सामाग्री सहयोग गरिएको बताए ।

 यस संगै कोरोना संक्रमणकोयस अबधिमा मास्क, सेनिटाईजर लगायत स्वास्थ्य सामाग्री सहयोग गरिएको बताए ।

 बेसका अध्यक्ष चौधरीले परियोजना पछि छात्राहरुको सिकाईमा उपलब्धि भएको,घरमावालिकाहरुको काम गर्ने समय घटेर पढने समय बढेको पाईएको बताए ।

 कार्यक्रममा सहभागि बिद्यालय ब्यबस्थापन समितिका सदस्य तथा अभिभावकहरुले यो परियोजनाले बिद्यालमा धेरै फाईदा पु¥याएकाले अझै थप गर्न आग्रह गरे । कार्यक्रम बिद्यालय ब्यबस्थापन समितिका सदस्य चन्द्र पार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो ।