डडेल्धुराका ६ वटा विद्यालय बन्द

धनगढी

  केही समय अघि मात्र खुलेका डडेल्धुराका ६ वटा बिद्यालय पुन बन्द भएका छन् ।  विद्यालयका शिक्षक तथा स्थानीयमा कोरोना भाइरस संक्रमण देखिन थालेपछि विद्यालयहरु पुनः बन्द गरिएका हुन् ।

 शिक्षकहरुलाई नै कोरोना संक्रमण देखिएपछि जिल्लाको ६ वटा विद्यालय पुनः बन्द भएका छन् । जिल्लाका ७ स्थानीय तहमध्ये आलिताल, अजयमेरु गाउँपालिका र अमरगढी नगरपालिकाका ६ वटा विद्यालय बन्द भएको शिक्षा विकास तथा समन्वय एकाई डडेल्धुराले जनाएको छ ।

 आलिताल गाउँपालिका५ मा रहेको सरस्वती मावि भित्रीसैन, बालकल्याण मावि बाहिरसैन, अमरगढी नगरपालिकाको घटाल मावि नुवाकोट, उग्रतारा मावि पोखरा र अजयमेरु गाउँपालिकाको देवल मावि दिव्यपुर, केदार शिशु सुधार मावि मटेला बन्द भएका एकाई प्रमुख रामदत्त भट्टले जानकारी दिए ।

 पछिल्लो समय डडेल्धुरामा कोरोना संक्रमण बढ्दै गएको   छ ।