धनगढी पोष्ट
बिहिबार, ०९ पुष २०७७ मा प्रकाशित
धनगढी
विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि बिहीबार सम्म धनगढी उप–महानगरपालिका भित्रका ४ वटा सामुदायिक शैक्षिक संस्था बन्द भएका छन् ।
धनगढी स्थित भित्रुवन मावि, शारदा मावि, रष्ट्रिय मावि र धनगढी नमूना माविमा कार्यरत शिक्षक तथा कर्मचारीमा कोरोना संक्रमण देखिएकै कारण बन्द भएका छन् ।
शिक्षक कर्मचारीका कोरोना संक्रमण पुष्टि भएपछि विद्यालय सञ्चालन भएको केही दिनमै धनगढी उप–महानगरपालिका भित्रका सामुदायिक विद्यालय धमाधम बन्द हुनथालेका हुन् ।
तर निजी शैक्षिक संस्था भने कोरोना संक्रमण्का कारण हाल सम्म बन्द भएका छैनन् ।
अभिभावक हरुले निजी शैक्षिक संस्था संचालकले कोरोना संक्रमण लुकाएर जोखिम मोल्दै विद्यालय सञ्चालन गर्ने गरेको आरोप लगाउन थालेका छन् ।