धनगढी पोष्ट सोमबार, १३ असोज २०८३   September 28, 2026

जोशी अप्टिकलले एलपिएलमा सह–प्रायोजन गर्ने सहमति

जोशी अप्टिकलले एलपिएलमा सह–प्रायोजन गर्ने सहमति

धनगढी

 फागुन १५ गते देखी सञ्चालन हुने लिग नकआउट चारणको लिटल फ्लावर प्रिमियर लिग क्रिकेट प्रतियोगितामा प्रायोजक बढ्नेको संख्या बढ्नथालेको छ ।

 लिटल फ्लावर स्पोर्ट एण्ट इभेण्ट प्रालिकोको आयोजनामा सञ्चालन हुने प्रतियोगिता अन्तरगत बुधबार जोशी अप्टिकल एण्ड आइकेएर सेन्टरले सह–प्रायोजन गर्ने सहमति पत्रमा हस्ताक्षर गरेको छ । विद्यालय स्तरमा सञ्चालन हुने प्रतियोगितालाई स्तरिय बनाउँन र प्रतिभवान विद्यार्थीलाई हौसला प्रदान गर्न प्रतियोगितामा सह–प्रायोजन गरिएको जोशी अप्टिकल एण्ड आई केएर सेन्टरका प्रमुख तथा संस्थापक डाक्टर युवराज जोशीले बताए ।

 प्रतियोगितालाई सफल बनाउँद एलपिएलमा सहयोगी हात बढ्दै गएका लिटल फ्लावर स्पोर्ट एण्ट इभेण्ट प्रालिका अध्यक्ष रामचन्द्र शाहीले बताए ।

 प्रतियोगितामा खेलाडीको पुरस्कार राशीभने तत्काल घोषणा गरिएको छैन । 

 प्रतियोगितामा काठमाण्डौं स्थित हिमालयन ह्वाइटहाउस इन्टरनेष्नल कलेजले सह–प्रायोजन गर्ने सहमति भइसकेको छ । यसैगरी एलपिएलका लागि दोश्रो पुरस्कार राशीको प्रायोजन धनगढी स्थित गगुरुकुल एकेडेमीले गरेको छ ।

 यसै गरी हस्पिटालिटी पार्टनरमा इमेज होटल एण्ड लज, निसर्ग अस्पताल धनगढी, दहाल पुस्तकपसल धनगढीको टुङ्गो लागेको लिटल फ्लावर स्पोर्ट एण्ट इभेण्ट प्रालिका अध्यक्ष शाहीले बताए । प्रतियोगितमा सहभागिता जनाउने टिमले पुस मसान्त सम्म टिम दर्ता गराइसक्नु पर्ने छ ।


ट्रेन्डिङ