धनगढी पोष्ट
शुक्रबार, १७ पुष २०७७ मा प्रकाशित
धनगढी
धनगढी उपमहानगरपालिका वडा नम्बर ८ को वडा कार्यालयले धनगढी नमूना प्राविधिक माविलार्ई हट र कोल्डवाटर डिस्पेन्सर उपलव्ध गराएको छ ।
कोरोना महामारीकाबीच विद्यार्थीहरुलाई स्वच्छ खानेपानी प्रदान गर्ने उदेश्यले तीन वटा हट र कोल्डवाटर डिस्पेन्सर तथा ६ वटा पानीका जार उपलव्ध गराएको हो ।
शुक्रबार वडा नम्बर ८ का वडा अध्यक्ष नारायण प्रसाद बरालले एक कार्यक्रमकाबीच धनगढी नमूना प्राविधिक माविका प्राचार्य लक्ष्मणदत भट्टलाई उक्त सामाग्री हस्तान्तरण गरेका छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्रराज जोशीको सभापतित्वमा भएको कार्यक्रममा वडा अध्यक्ष बराल प्रमुख अतिथी रहेका थिए । उनले धनगढी नमूना प्राविधिक माविले गुणस्तरीय शैक्षिक क्षेत्रमा जोड दिनुपर्ने बताए । उनले आफुले सधै शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखि काम गरिरहेको बताए ।
यस्तै विद्यालयका प्राचार्य भट्टले नमूना प्राविधिक भएपनि अझै अभिभावकले गुणस्तरी शिक्षा दिन नसकेको गुनासो गरेको बताए । विद्यालयको भौतिक, शैक्षिक विकासका लागि अभिभावकको पनि त्यतिकै महत्व रहेको उनले बताए ।
नेपाल पत्रकार महासंघ कैलालीका कोषाध्यक्ष हिमाल जोशीले विद्यालय नमूना भएपनि विद्यालयले शैक्षिक गुणस्तरमा जोड दिनुपर्ने सुझाव दिए । शिक्षक गणेश नेपालीले सञ्चालन गरेको कार्यक्रमका वडा नम्बर ८ का जनप्रतिनीधि, शिक्षक, पत्रकार लगायतको सहभागिता रहेको थियो ।