धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

एलपिएलमा म्यान अफ द म्याच खेलाडीको प्रायोजन गुरु जीले गर्ने

एलपिएलमा म्यान अफ द म्याच खेलाडीको प्रायोजन गुरु जीले गर्ने

धनगढी

 आगामी फागनु १४ गते देखी सञ्चालन हुने ५ औं संस्करणको चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग क्रिकेट प्रतियोगितामा धनगढी स्थित गुरु जी सटिङ्ग एण्ड सुटिङ्गले सहप्रायोजन गर्ने सहमति भएको छ ।

 गुरु जी सटिङ्ग एण्ड सुटिङ्गले एलपिएल अन्तरगत सञ्चालन हुने हरेक खेलका म्यान अफ दी म्याच घोषित खेलाडीलाई प्रदान गरिने नगद तथा ट्रफिमा लाग्ने खर्च व्यहोर्ने सहमति भएको जनाइएको छ ।

 आइतबार गुरु जी सटिङ्ग एण्ड सुटिङ्गका सञ्चालक शतिष जोशी र आयोजक चण्डिका ग्रुप लिलिट फ्लावर स्पोर्टस एण्ड इभेन्टस्का अध्यक्ष रामचन्द्र शाहीले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।

 सहमति पत्रमा हस्ताक्षर गर्दै गुरु जी सटिङ्ग एण्ड सुटिङ्गका सञ्चालक शतिष जोशीले खेलमा युवाको आकर्षण बढाउन लिटल फ्लावर प्रिमियर लिगले महत्वपूर्ण भूमीका खेल्दै आएको देखेपछि खेलाडीको हौसला बढाउन आफुले सहयोग गरेको बताए । सामाजिक क्षेत्रमा काम गर्नु हामी व्यवसायीको दायित्व पनि हो उनले भने–‘यस बाहेक पनि युवालक्षित क्षत्रमा लगानी गर्न पाउँदा खुशी लागेको छ । उनले १९ बर्ष मुनीका खेलाडीमा लगानी गर्दा उनिहरुले देशका लागि राम्रो खेल्न सक्ने बताए ।

 चण्डिका ग्रुप लिलिट फ्लावर स्पोर्टस एण्ड इभेन्टस्का अध्यक्ष रामचन्द्र शाहीले एलपिएललाई सफल बनाउन सवै क्षेत्रबाट सहयोग पाएको बताए । खेलकुदको क्षत्रमा केही गर्नुपर्छ भन्ने उद्देश्यले एलपिएल सञ्चालन गर्ने जमर्को गरेका हौं उनले भने–‘यो प्रतियोगिता एक्लैको प्रयासलेमात्रै सफल हुन सक्दैन, सवैको हौसला र सहयोगका कारण मात्रै हामी यहाँ सम्म पुगेका हौं ।

 १२ टोलीको सहभागिता रहने प्रतियोगिताको तयारी तिब्ररुपमा भइरहेको अध्यक्ष शाहीले बताए । प्रतियोगितामा हाल सम्म उपविजेता पुरुसका गुरुकुल एकेडेकीले गर्ने, सहमति भइसकेको छ । यसैगरी हस्पीटालिटी पार्टनरमा ईमेज होटेल प्रालि रहेको छ ।

 प्रतियोगितामा हिमालयन ह्वाईट हाउस इन्टरनेसनल कलेज तिनकुने काठमाडौं, मृग गार्मेन्ट उद्योग चटकपुर  धनगढी, जोशी अप्टीकल एण्ड आई केयर सेन्टर धनगढी, ओयसिस होटेल म्यानेजमेन्ट कलेज धनगढी चटकपुर, अमेरीका निवासी समाजसेवी जयन्ती थापा, निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर धनगढी, दहाल पुस्तक पसल धनगढी, नेप्स कफी एण्ड फुड प्रडक्ट प्रालि चितवन, दिपेश  ईन्फोसिस धनगढी, एडभेन्चर वेस्ट होलिडेज धनगढी, रोज कलेक्सन वमेन्स वयर धनगढी कैलाली सहप्रायोजन गर्ने सहमति गरिसकेका छन् ।