धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

क्रिकेटको जग बसाल्दै एलपिएल

क्रिकेटको जग बसाल्दै एलपिएल
एलपिएल सञ्चालन हुने खेल मैदान अवलोकन गर्दै धनगढी उप–महानगरपालिकाका मेयर नृपबहादुर वड र एलपिएल आयोजक रामचन्द्र शाही लगायतको टोली ।

धनगढी

 फागुन सन्दिप जोरा, भीम सार्की (जन्टी), अरुण ऐरी, नारायण जोशी, सुबोध ऐर, विपिन रावल, लोकेश बम, नरेश साउँद । यी नेपाली क्रिकेटमा अण्डर १९ राष्ट्रिय टिमबाट खेल्ने नाम चलेका खेलाडी हुन् ।

 राष्ट्रिय टिममा राम्रो परिचय बनाउन सफल यी खेलाडीले आफुलाई छोटो समयमा स्थापित गरिसकेका छन् । उनीहरुको जग धनगढीमा सञ्चालन हुँदै आएको लिटल फ्लावर प्रिमियर लिग हो ।

 विद्यालय स्तरमा क्रिकेटको जग बलियो बनाउँदै राष्ट्रका लागि दक्ष खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ विगत ५ बर्ष देखी सञ्चालन हुँदै आएको लिटल फ्लावर प्रिमियर लिग यू १९ क्रिकेट प्रतियोगिता पछि धनगढीबाट धेरै खेलाडीले राष्ट्रिय टिममा स्थान पाएका छन् ।

 कतिपय खेलाडी घरेलु प्रतियोगिता खेल्न व्यस्त छन् । यसरी भन्नु पर्दा नेपाली क्रिकेटको जगमा इट्टा थप्ने काम एलपिएल ले गर्दै आएको छ ।

 हाम्रो उद्देश्यनै क्रिकेटको जग बलियो बनाउने हो एलपिएल प्रतियोगिता सञ्चालक स्पोर्ट एण्ड इभेन्ट प्रालिका अध्यक्ष रामचन्द्र शाहीले भने –‘क्रिकेटको जग भनेकै १० कक्षा मुनिको विद्यार्थी समुह हो, यो समुहलाई बेवास्ता गरेर नेपाली क्रिकेट बलियो हुन सक्दैन ।२०७० तिर म धनगढी आउदा धनगढी क्रिकेटको शहर भनेर परिचित थियो धनगढीमा रहेको लिटल फलवार इङलिश बोर्डिङ स्कुलका फाउण्डर प्रिन्सिपल समेत रहेका शाहीले भने– ‘तर विद्यालय स्तरमा कुनै प्रतियोगिता भएको देखेन, अनि क्रिकेटको शहर धनगढीमा क्रिकेटको नर्सरी नै बनाउने योजना बनाएँ र एलपिएल शुरु गरे ।

 यही फागनु १४ गतेदेखि एलपिएलको पाँचौ सस्करण शुरु हुँदैछ । २०७३ सालमा कैलाली र कञ्चनपुरका विद्यालयलाई समेटेर शुरु भएको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) प्रतियोगिता पाँचौं संस्करणसम्म आइपुग्दा राष्ट्रिय स्तरको प्रतियोगिता बन्न सफल भएको छ । अध्यक्ष शाहीका अनुसार पहिलो संस्करणमा कैलाली र कञ्चनपुरका १६ टिमले सहभागिता जनाएका थिए ।

 दोश्रो संस्करणमा काठमाण्डौं र नेपालगञ्जबाट पनि विद्यालय सहभागी भएका थिए भने पाँचौ संस्करणसम्म आइपुग्दा दाङ, बुटवल र काठमाण्डौंका विद्यालयले पनि एलपिएलमा सहभागिता जनाउने भएका छन् ।

 ‘प्रतियोगिता शुरु गर्दै गर्दा धेरैले नकारात्मक सोचे अध्यक्ष शाही भन्छन्– ‘अहिले सकारात्मक माहोल बनेको छ, अभिभावकले पत्याएका छन्, प्रायोजक जोडिन थालेका छन् ।प्रतियोगिता शुरुवात गर्दै गर्दा पढाई बिग्रिने, अनि बालबालिका बिग्रने भन्दै अभिभावक चिन्तित बनेका थिए उनले भने– ‘अहिले सबैले पत्याउँदा खेलको माहोल बनेको छ ।

 एलपिएललाई भविष्यमा अझै सशक्त बनाउने योजना रहेको अध्यक्ष शाहीले बताए । तर त्यसका लागि आर्थिक समस्या निकै चुनौंती बनेर आएको उनी बताउँछन् ।

 ‘शुरुवाती चरणमा अभिभावक र खेल समर्थकको विश्वास जित्नु हाम्रा लागि निककै चुनौंतीको कुरा थियो अध्यक्ष शाहीले भने–‘अहिले अभिभावक, क्यान तथा खेलप्रेमी माझ विश्वासको माहोल बनेको छ, तर आर्थिक चुनौंती खडा भएको छ । प्रतियोगितालाई उचाईमा पु¥याउँदै गर्दा खर्चको आकार पनि बढ्दै गएको उनले बताए ।

 ‘क्रिकेटमा मेरो निक्कै लगाव थियो उनले भने– ‘त्यही भएर क्रिकेटमै केही गर्नुपर्छ भन्ने उद्देश्यले काम गरेको हु, काम गर्छु भन्ने आत्मविश्वास हुँदा हुँदै खर्च धान्न निक्कै मुस्किल हुँदै गएको छ, बर्षेनी ऋण थपिदै गएको छ । यही फागुन १४ गते देखी २९ गते सम्म धनगढी स्थित संघिय प्रहरीको खेल मैदानमा सञ्चालन हुने एलपिएलको पाँचौ संस्करणमा यस बर्ष १६ टिमले सहभागिता जनाउने छन् ।

 प्रतियोगितामा हरेक टिमले ३ जनासम्म १९ बर्ष मुनिका राष्ट्रिय खेलाडी राख्न सक्ने व्यवस्था गरिएको छ । लिटल फ्लावर प्रिमियर लिग५ को मुख्य प्रायोजक टिकापुरमा रहेको चण्डिका ग्रुप रहेको छ । प्रतियोगिताको उपविजेता पुरस्कार रकम धनगढी उत्तरवेहडी स्थित गुरुकुल एकेडेमीले प्रायोजन गरेको छ ।

 प्रतियोगितामा सह प्रायोजकको रुपमा डिस होम, गुरु जी सटिङ्ग एण्ड सुटिङ्ग, हिमालयन ह्वाईट हाउस इन्टरनेसनल कलेज तिनकुने काठमाडौं, मृग गार्मेन्ट उद्योग चटकपुर धनगढी, जोशी अप्टीकल एण्ड आई केयर सेन्टर धनगढी, ओयसिस होटेल म्यानेजमेन्ट कलेज धनगढी चटकपुर, अमेरीका निवासी समाजसेवी जयन्ती थापा, निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर धनगढी, दहाल पुस्तक पसल धनगढी, नेप्स कफी एण्ड फुड प्रडक्ट प्रालि चितवन, दिपेश ईन्फोसिस धनगढी, एडभेन्चर वेस्ट होलिडेज धनगढी, रोज कलेक्सन वमेन्स वेयर रहेका छन् ।