धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

मेयर उपमेयर कप छात्र छात्रा क्रिकेट प्रतियोगितामा ३० टीमको सहभागीता रहने

मेयर उपमेयर कप छात्र छात्रा क्रिकेट प्रतियोगितामा ३० टीमको सहभागीता रहने

धनगढी

  धनगढीमा मेयर उपमेयर कप छात्र छात्रा क्रिकेट प्रतियोगिता चैत ३ गतेदेखि आयोजना हुने भएको   छ । धनगढीलाई खेलकुदको शहरको रुपमा विकास गर्ने अवधारणा अनुसार प्याब्सन धनगढी नगर समितिको आयोजनामा हुने प्रतियोगिता चैत पहिलो सातादेखि हुने भएको हो ।

   क्रिकेट विकासलाई टेवा पुग्ने गरि धनगढी उपमहानगरपालिकाको संरक्षण तथा प्रबद्र्धनमा प्याब्सन धनगढी नगर समितिले आयोजना गर्ने प्रतियोगिता यसअघि फागुन २८ गते आयोजना गर्ने भनिएको थियो । तर मैदान खाली नहुने भएकोले केही दिनपछि सारिएको हो ।

 प्रतियोगितामा धनगढी नगर क्षेत्रका सरकारी तथा निजि विद्यालयहरु गरी ३० टोलीको सहभागीता रहने भएको छ । छात्र र छात्राका गरी ३० वटा टोलीको प्रतियोगितामा सहभागीता रहने धनगढीमा पत्रकार सम्मेलन गरी जानकारी दिईएको छ । त्यसमा छात्र तर्फका १९ टीम र छात्रा तर्फका ११ टीमले भाग लिने प्रतियोगिताका संयोजक उदय प्रताप सिंहले जानकारी दिए ।

  टी२० को फरम्याटमा हुने प्रतियोगिता नकआउटका आधारमा सञ्चालन हुनेछ । प्रतियोगिता संयोजक सिंहका अनुसार प्रतियोगिताको छात्र तथा छात्रा तर्फको विजेतालाई नगद एक लाख एक हजार एक सय एघार सहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने उपविजेतालाई ५१ हजार एक सय एघार सहित «फी मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

 प्रतियोगिता आयोजना गर्नका लागि झण्डै २१ लाख खर्च हुने अनुमान गरिएकोले त्यसमा झण्डै ६ लाख धनगढी उपमहानगरपालिकाको तर्फबाट सहयोग  हुनेछ ।

प्रतियोगिताका लागि प्रायोजकहरुको खोजी भईरहेको आयोजकले जनाएको छ । त्यसै क्रममा छात्र तथा छात्रा तर्फको विजेता र उपविजेताका साथै म्यान अफ द म्याच तथा प्रतियोगिताका उत्कृष्ट खेलाडीहरुको विधा प्रायोजकहरुसँग सम्झौता गरिएको पत्रकार सम्मेलनमा जानकारी दिईयो । छात्र तर्फको प्रथम पुस्कार ओसन पब्लिकेसन र छात्रा तर्फको प्रथम पुरस्कारलाई शम्भु पुस्तक भण्डारले पायोजन गरेको छ । त्यसैगरी छात्र तर्फको दोस्रो पुरस्कार बेदान्त पब्लिकेसन र छात्रा तर्फको दोस्रो पुरस्कार ईमेज होटेलले प्रायोजन गरेको   छ ।

 छात्रा छात्रा तर्फका खेलका म्यान अफ द म्याच तथा प्रतियोगिताका विभिन्न विधाका उत्कृष्ट खेलाडी पुरस्कारलाई ग्रीन पब्लिकेसनले प्रायोजन गरेको प्याब्सन धनगढी नगर समितिका अध्यक्ष पदम साउँदले जानकारी दिए ।

 प्रतियोगिताले सरकारी तथा नीजि विद्यालयका विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गराउन सहयोग पुग्ने आशा गरेको धनगढी उपमहानगरपालिकाका मेयर नृपवहादुर ओडले बताए । पत्रकार सम्मेलनमा मेयर ओडसँगै उपमेयर सुशिला मिश्र भट्ट, नेपाल क्रिकेट संघका केन्द्रिय सदस्य विक्रम विष्ट लगायतको सहभागीता रहेको थियो ।