धनगढी पोष्ट
आइतबार, १६ फागुन २०७७ मा प्रकाशित
धनगढी
फागनु १५ गते देखी सुरु भएको चण्डिका ग्रप एलपिएल–५ को दोश्रोदीन सम्पन्न खेलमा शारदा विद्या निकेतन र होल्याण्ड स्कुल विजयी भएका छन् ।
आइतबार सम्पन्न एलपिएलको पहिलो खेलमा कञ्चनपुरको लिटिल बुद्धलाई २६ रनले पराजित गर्दै शारदा विद्या निकेतन विजयी भएको हो ।
टस जितेर पहिला ब्याटिङ गरेको शारदा विद्यानिकेतनले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६६ रनको योगफल तयार पारेको थियो । शारदाका लागि ओपनिङमा आएका दिनेश ओडले सर्वाधिक ९२ रन बनाएका थिए । यसैगरी अर्जुन साउँदले २५ र विराट सेवाले टिमका लागि १६ रन बनाएका थिए ।
बलिङ तर्फ लिटल बुद्धका सागर भण्डारीले ३ र सागर थापाले २ विकेटको योगदान दिए । १ सय ६७ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको लिटल बुद्धले निर्धारित २० ओभरमा ८ विकेटको गुमाएर १ सय ४० रनमै समेटियो । लिटल बुद्धका लागि रोयल बलमे अविजित ४६ रन बनाएका थिए ।
यसैगरी कप्तान आयुष्मान बम र सागर भण्डारीले २०÷२० रन बनाएका थिए । बलिङ तर्फ शारदाको जितमा दीपक रोकायाले ३ विकेटको योगदान दिए । खेलका म्यान अफ द म्याच शारदाका दिनेश ओड भए ।
आईतवार नै सम्पन्न दोस्रो खेलमा होल्याण्ड स्कुलले स्टेपिङ स्टोनलाई ९ विकेटले पराजित गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको स्टेपिङले १५ दशमलव ५ ओभरमा सवै विकेट गुमाएर ८६ रन मात्रै बनाउनसक्यो ।
उस्का लागि अविशेक कुँवरले २६ र आर्यन दानपालीले १३ रन बनाए । होल्याण्डका अशोक धामीले ४ र श्याम साउँदले २ विकेट लिए । ८७ रनको विजयी लक्ष्यसहित मैदान उत्रिएको होल्याण्डले ८ दशमलव २ ओभरमा १ विकटको क्षतीमा लक्ष्य भट्टायो ।
होल्याण्डको जितमा गौरवसिंह रावतले अविजित रहदै ५५ रन बनाए । खेलका म्यान अफ द म्याच होल्याण्डका अशोक धामी भए ।
लिटल फ्लावर स्पोर्टस एन्ड इभेन्टसको आयोजनामा धनगढीको सङ्घीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा भईरहेको पाँचौ संस्करणको प्रतियोगिताअन्तरगत भोलि पनि दुई खेल हुनेछन् ।
प्रतियोगितामा देशभरका १६ विद्यालयको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले एक लाख २० हजार नगदसहित ट्रफी र प्रमाणपत्र पाउने छ भने उपविजेताले ६० हजार प्राप्त गर्दा सर्वोत्कृष्ट खेलाडीले १० हजार पाउने छन् ।
यस्तै उत्कृष्ट ब्याट्सम्यान, बलर र उदीयमान खेलाडीलाई जनही ५÷५ हजार प्रदान गरिने छ । म्यान अफ दि म्याचले १ हजार ५ सय पाउने छन् ।