धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

कञ्चपुरमा प्रहरी र तस्करबीच गोली हानाहान, एक भारतीय नागरिकको मृत्यु

धनगढी

कञ्चनपुरको बेलौरी नगरपालिका स्थित सीमावर्ती क्षेत्रमा प्रहरी र तस्कर विच गोली हानाहान् हुँदा एक जना भारतीय नागरिकको मृत्यु भएको   छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रबक्ता एसएपी मुकेशकुमार सिंहका अनुसार बिहीबार वेलुका पख लुकी छिपि भारतबाट अवैध सामाग्री ल्याइरहेका भारतीय नागरिक र नेपल प्रहरी जम्काभेट हुँदा सीमा क्षेत्रमा गोली हानाहान भएको थियो ।

पहिला तस्कर समुहले गोली चलाएको र जवाफि कारवाहीमा प्रहरीले चलाएको गोली लागेर भारतीय नागरिक घाइते भएका थिए । उनको वेलौरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको एसएसपी सिंहले बताए । मृत्यू हुनेमा भारतको पिलिभित थाना हजारा बुदान४ बस्ने २६ बर्षिय गोविन्दा सिंह रहेको प्रहरीले जनाएको छ ।

भारतीय नगरिकले चलाएको गोली लागेर एक जना प्रहरी पनि घाइते भएका भएपनि नाम अझै आएको छैन ।

कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ७ स्थित नेपाल भारत सीमा नजिकै गोली हानाहान भएको एसएसपी सिंहले बताए । घटना स्थलमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट प्रहरी नायब उपरीक्षक अम्मर बहादुर थापाको कमाण्डमा थप टोली परिचालन गरीएको एसएसपि सिंहले बताए ।