धनगढी पोष्ट आइतबार, २८ मङि्सर २०८२   December 14, 2025
एलपिएल–५

बाल बाटिका सेमीफाइनल प्रवेस

बाल बाटिका सेमीफाइनल प्रवेस

धनगढी

  धनगढीमा जारी यू१९ लिटल फ्लावर प्रिमियर लिग५ मा लगातार तेश्रो जीत हाँशील गर्दै बौनियाँको बालबाटिका स्कुल सेमिफाइनल प्रवेस गरेको छ  ।

 धनगढीको संघिय क्रिकेट मैदानमा भइरहेको प्रतियोगिता अन्तरगत शनिबार सम्पन्न खेलमा लम्किको गुरुकुल ऐकेडेमीलाई पराजित गर्दै बालबाटिकाले सेमिफाइनलचरण्मा आफ्नो स्थान सुरक्ष्ति गर्न सफल भएको हो । शनिबार नै सम्पन्न अर्को खेलमा होलल्याण्ड स्कुलले समेत जीत हाँशील गरेको छ ।

 शनिवार सम्पन्न दोस्रो खेलमा गुरुकुल एकेडेमी लम्कीलाई २५ रनले पराजित गर्दै बाल बाटिका अन्तिम चारमा प्रवेश गरेको हो । टस जितेर ब्याटिङ गरेको बाल बाटिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४३ रन बनाएको थियो । बालबाटिकाका लागि विराट सिंह भण्डारीले ५५ र दिपेश सिंहले २३ रन जोडेका थिए । बलिङतर्फ गुरुकुल एकेडेमी लम्कीका सुनिल भण्डारीले ३ र संगम विष्टले २ विकेट लिए ।

 १ सय ४४ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पुरै ओभरमा ८ विकेट गुमाएर १ सय १८ रन माात्रै बनाउन सक्यो ।

 शनिबार नै सम्पन्न पहिलो खेलमा होलिल्याण्ड स्कुलले लगातार दोस्रो जित निकालेको छ । संघीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा शनिबार भएको खेलमा धनगढी नमुनालाई ६ विकेटले पराजित गर्दै होलिल्याण्डले लगातार दोस्रो जित निकालेको हो । पहिले ब्याटिङ गरेको धनगढी नमुनाले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो । धनगढी नमूना माविका लागि अनुप कुँवरले ६५ र आयुस खड्काले अविजित रहदै ६४ रन बनाए । होलिल्याण्डका अविशेक कोइरालाले ३ र राजेश महराले २ विकेट लिए ।

 धनगढीले दिएको १ सय ६४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको होलिल्याण्डले १८ ओभर मै ४ विकेट गुमाएर लक्ष्यभेटायो । होलिल्याण्डको जितमा मनोज ओझाले ६६ र राहुल भण्डारीले ४७ रन बनाए । धनगढी नमुनाका सबिन महरा, पारस कार्की, बसन्त सिंह कार्की र आयुस खड्काले १÷१ विकेट लिए ।

 होलिल्याण्डका मनोज प्लेयर अफ द म्याच चुनिए । जारी प्रतियोगितामा धनगढी नमुनाको यो लगातार तेस्रो हार हो । यस हारसंगै धनगढी प्रतियोगिताबाट बाहिरिएको छ ।

 प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ । विजेताले १ लाख २० हजार पाउने छन् । यस्तै उपविजेताले ६० हजार प्राप्त गर्दा सर्वोत्कृष्ट खेलाडीले १० हजार पाउने छन् । उत्कृष्ट ब्याट्सम्यान, बलर र उदयमान खेलाडीले ५÷५ हजार पाउने छन् ।