धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

एलपिएलको उपाधि हिमालयन ह्वाइट हाउसलाई

एलपिएलको उपाधि हिमालयन ह्वाइट हाउसलाई

धनगढी

  धनगढीमा सम्पन्न पाँचौ संस्करणको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)को उपाधि काठमाण्डौंस्थित हिमालयन ह्वाइट हाउस स्कुलले जितेको छ ।

 शनिबार सम्पन्न फाइनल खेलमा साविक विजेता धनगढीको लिटल फ्लावर स्कुललाई ८० रनले पराजित गर्दै ह्वाइट हाउसले च्याम्पिएनको ट्रफि उचालेको हो । हिमालयन ह्वाइट हाउस गत बर्ष लिटल फ्लावर संग पराजित हुँदै दोश्रो स्थानमा सिमि तबनेको थियो ।

 धनगढीस्थित संघीय प्रहरी कार्यालयको खेल मैदानमा भएको फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ गरेको ह्वाइट हाउसले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६७ रन बनएको थियो । ह्वाइट हाउसका लागि गजेन्द्र बोहराले ७० र सतिश यादवले २९ रनको योगदान दिए । बलिङ तर्फ लिटल फ्लावरका राज कुमार शाहले ५ विकेट हात पारे ।

 १ सय ६८ रनको विजयी लक्ष्य पच्छ्याएको घरेलु टोली लिटल फ्लावर १७ ओभर ३ बलमा अल आउट हुँदै ८७ रनमै समेटिन पुग्यो । लिटल फ्लावरका लागि निशान्त बुढाऐरले १७ र पुष्करराज बडुले अविजित रहदै १४ रन बनाउनु बाहेक अन्य खेलाडीले खुलेर खेल्न सकेनन् । बलिङ तर्फ ह्वाइट हाउसका प्रतिश जिसीले ३ र स्वरुप श्रेष्ठले २ विकेट लिए । फाइनल खेलको म्यान अफ द म्याच ह्वाइट हाउसका गजेन्द्र बोहरा चुनिए ।

 उपाधिसंगै ह्वाइट हाउसले नगद १ लाख २० हजारसहित ट्रफी प्राप्त गरेको छ भने लिटल फ्लावरले ६० हजारमा चित्त बुझाएको छ ।

 प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी ह्वाइट हाउसका गजेन्द्र बोहरा भए । उनले नगद १० हजार पाए । यस्तै शारदा विद्या निकेतनका दिनेश ओड उत्कृष्ट ब्याट्सम्यान, ह्वाइट हाउसका सन्दिपजंग शाही उत्कृष्ट बलर र लिटल फ्लावरका सचिन भट्ट उदयमान खेलाडी घोषितभए । उनीहरुले जनही ५÷५ हजार प्राप्त गरे ।

 लिटल फ्लावर स्पोर्टस एण्ड इभेन्ट्सको आयोजनामा यही फागुन १५ गते देखी प्रतियोगिता सञ्चालन भएको थियो । प्रतियोगितामा देशभरका १६ टीमको सहभागिता रहेको थियो ।