धनगढी पोष्ट
बुधबार, ०४ चैत २०७७ मा प्रकाशित
धनगढी
धनगढीमा जारी मेयर, उप–मेयर प्वाव्सन कप छात्र, छात्रा क्रिकट प्रतियोगिता अन्तरगत बुधबार सम्पन्न ३ वटा खेलमा एरिष्टो इङलिस बोर्डिङ स्कुल मोर्डन इङलिस बोर्डिङ स्कुल र ब्रोड भिजन इङलिस स्कुल विजयी भएका छन् ।
बुधबार सम्पन्न पहिलो छात्रा क्रिकेट खेलमा शारदा विद्या निकेतनलाई ४४ रनले पराजित गर्दै एरिष्टोले विजयी सुरुवात गरेको हो ।
टस हारेर पहिला ब्याटिङ गरेको एरिष्टोले निर्धारित २० ओभरमा ३ विकट गुमाउँदै ९० रन जोडेको थियो । एरिष्टोका लागि ब्याटिङ गरेकी आस्मा सिंहले ३३ र कुशुम खातीले २९ रन बनाइन् । बलिङ तर्फ शारदाकी कमला ओखेडा, ओनीका पार्की र पुष्पा चौधरी समान १÷१ विकेट लिइन् ।
जितका लागि ९१ रनको लक्ष्य सहित मैदान उत्रेको शारदाले निर्धारित २० ओभर खेल्दै ६ विकेट गुमाएर ४६ रन मात्रै बनाउन सक्यो । शारदालाई सस्तैमा समेट्ने क्रममा एरिष्टोकी करिस्माले ३ ओभर खेल्दै ४ रन दिएर २ विकेट लिइन् । सो खेलकी ओम्यान अफद म्याच एरिष्टोकी कुशुम खाती भइन् ।
प्रतियोगिता अन्तरगत बुधबार नै सम्पन्न दोश्रो छात्र खेलमा मयूर इङलिस स्कुललाई पराजित गर्नै मोर्डन इङलिस स्कुल विजयी भएको छ ।
टस हारेर पहिला ब्याटिङ गरेको मयूर इङलिस स्कुलले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ८२ रन जोडेको थियो । मयूरका लागि ब्याटिङ गरेका विक्की सिंहले १८, शाहील कायस्तले १५ र अनिश लामिछाने ११ रन बनाएका थिए । बलिङ तर्फ मोर्डनका अनिल चौधरीले ३ र समन चौधरीले २ विकेट हात पारेका थिए ।
८३ रनको लक्ष्य सहित मैदान उत्रेको मोर्डनले ५ विकेट गुमाउँदै १३ ओभर ३ बलमा जीत निकालेको हो । मोर्डनकालागि ब्याटिङ गरेका प्रमोद धानुकले १६ कैलाश बोगटीले १२ र सुनिल विष्ट १९ रन बनाएका थिए । बलिङ तर्फ मयूरका साहिल कायस्तले २ विकेट लिए । प्रथियोगिताको म्यान अफदी म्याच मोर्डनका अनिल चौधरी भए ।
यसैगरी बुधबार नै सम्पन्न तेश्रो छात्र खेलमा स्टोन ब्रिज स्कुललाई पराजित गर्दै ब्रोड भिजन स्कुल विजयी भएको छ ।
टस हारेर पहिला व्याटिङ गरेको ब्रोड भिजनले २० ओभर खेल्दै ६ विकेट गुमाएर १ सय १० रन बनाएको थियो । ब्रोड भिजनका लागि ब्याटिङ गरेका दिनेश बुढाले नट आउट रहँदै २६ रन जोडे । यसैगरी निरज ऐरले २३,सन्तोष ताम्राकारले १८ र दिवस सिंहले १३ रन बनाएका थिए । बलिङ तर्फ स्टोन ब्रिजका आयुश चन्दले ३, र अंकित थापाले २ विकेट लिए ।
१ सय ११ रनको लक्ष्य पच्छ्याएको स्टोन ब्रिजले २० ओभर खेल्दै ९ विकेटको क्षेतीमा ७६ रन मात्रै बनाउन सक्यो । स्टोन ब्रिजका लागि ब्याटिङगरेका वीजय थापाले १६, गजेन्द्र सिंलेह १० र सुनिल बलायर १० रन बनाए पनि अन्य खेलाडीले दोहोरो अंङ्क बटुल्न सकेनन् । स्टोन ब्रिजलाई सस्तैमा समेट्ने क्रममा ब्रोडभिजनका समिर विष्टले ३ र रजत राजाले २ लिए । सो खेलको म्यान अफदी म्याच ब्रोड भिजनका समिर विष्ट भए ।
प्रतियोगिता अन्तरगत बिहीबार ३ वटा खेल हुनेछन् । बिहीबार बिहान कैलाली विद्या निकेतन र विद्या भुषण स्कुल विच छात्रा खेल हुनेछ । बिहीबार दिउँसो थ्रिस्टार इङलिस स्कुल र सरस्वती मावि मनेहरा तथा तेश्रो खेल ज्योती इङलिस स्कुल र डिलाईट इङलिस बोर्डिङ स्कुल विच हुने प्रतियोगिताका खेल संयोजक उदय प्रताप सिंहले बताए ।