धनगढी पोष्ट बिहिबार, ०६ मङि्सर २०८१   November 21, 2024
प्याब्सन मेयर उप–मेयर क्रिकेट कप २०७७

फाइनलमा छात्र तर्फ शारदा र विद्या भुषण तथा छात्रा तर्फ एरिष्टो र अपि विच प्रतिष्पर्धा हुन

फाइनलमा छात्र तर्फ शारदा र विद्या भुषण तथा छात्रा तर्फ एरिष्टो र अपि विच प्रतिष्पर्धा हुन

धनगढी

 धनगढीमा जारी प्याब्स मेयरउपमेयर छात्र, छात्रा क्रिकेट प्रतियोगिता अन्तरगत बुधबार छात्र तर्फ फाइनल खेल्ने टोलीको टुङ्गो लागेको छ । छात्रा तर्फ भने फाइन खेल्ने टोलीको टुङ्गो मंगलबारनै लागेको थियो ।

 बुधबार सम्पन्न सेमिफाइनल चरणको पहिलो खेलमा हिल वर्ड इङलिस स्कुललाई पराजित गर्दै विद्या भुषण पब्लिक स्कुलले फाइनलमा स्थान बनाउँदा ज्योति इङलिस स्कुललाई पराजित गर्दै शारदा विद्या निकेत पनि फाइनल प्रवेस गरेको हो ।

 यी दुवै टोली बिच उपाधीका लागि बिहीबार (भोली) प्रतिष्पर्धा हुनेछ ।

 बुधबार सम्पन्न पहिलो सेमिफाइलन खेलमा टस जितेर पहिला ब्याटिङ गर्दै विद्या भुषण पब्लिक स्कुलले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३३ रन बनाएको थियो । उसका लागि नरेश विष्टले ३८, कप्तान शुरेनद्र ऐरले १८, प्रवेश शाहले १५ तथा अमृत मल्ले १४ रन बनाएका थिए । बलिङ तर्फ हिल वर्डका शुवास विष्टले सर्वाधिक २ विकेट लगे ।

 १ सय ३४ रनको लक्ष्य पच्छ्याएको हिलडर्व स्कुल ९ ओभर ४ बलमा अलआउट हुँदै ४२ रनमा समेटिन पुग्यो । हिल वर्डका कुनै पनि ब्याट्स म्यानले दोहोरो अंकको रन जोड्न सकेनन् ।

 हिलवर्डलाई सस्तैमा समेटने क्रममा विद्या भुषणका कप्तान शुरेन्द्र ऐरीले ह्याट्रि सहित ४ विकेट लगे । उनले ९ ओभरको दोश्रो, तेश्रो र चौथो बलमा लगातार विकेट लग्दै ह्याट्रिक पारी पुरा गरेका हुन् । सो खेलका म्यान अफद म्याच कप्तान शुरेन्द्र ऐरी भए ।

 बुधबार नै सम्पन्न दोश्रो सेमिफाइनल खेलमा टस हारेर पहिले व्याटिङ गरेको शारदा विद्या निकेतनले २० ओभरमा सवै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियो । शारदाका लागि विष्फोटक ब्याट्सम्यान दिनेश वडले ४३, अरुण धामीले १९, अविशेक मल्लले १७ तथा तपेन्द्र साउँदले १२ रन बनाएका थिए ।

 बलिङतर्फ ज्योतिका विवेक सिंहले ४, राजिव श्रेष्ठले ३ तथा कप्तान विरेनद्र आउजीले २ विकेट लगे ।

 १ सय ४३ रनको लक्ष्य पच्छ्याएको ज्योतिले २० ओभरमा सवै विकेट गुमाएर १ सय ३१ रन मात्रै बनाउन सक्यो । उसका जीवन खातीले ३७ तथा सागर बमले ३५ रन बनाए । बलिङतर्फ शारदाका कप्तान गोविन्द विष्टले ४ तथा अरुण धामी र बिरेन्द्र ढुंगालले समान २÷२ विकेट लगे । सो खेलका म्यान अफद म्याच शारदाका कप्तान गोविन्द विष्ट भए ।

 बिहीबार छात्रा तर्फ एरिष्टो इङलिस स्कुल र अपि विद्या निकेतन विच उपाधिका लागि प्रतिस्पर्धा हुने छ । यसैगरी छात्र तर्फ विद्या भुषण पब्लिक स्कुल र शारदा विद्या निकेतन विच फाइनलखेल हुने छ ।

 प्रतियोगिता अन्तरगत बिहीबार हुने फाइनल खेलमा विजेता हुने छात्रा, छत्र तर्फको टोलीले समान एक लाख एक हजार एक सय एघार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने उपविजेतालाई ५१ हजार एक सय एघार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।