धनगढी पोष्ट शनिबार, ०५ बैशाख २०८३   April 18, 2026

खेलकुद परिषदका पदाधिकारीलाई सम्मान

खेलकुद परिषदका पदाधिकारीलाई सम्मान

धनगढी

 सुदूरपश्चिम प्रदेश खेलकुद परिषदका पदाधिकारीलाई क्षेत्रिय खेलकुद विकास समितिले स्वागत तथा सम्मान गरेको छ ।

 सुदूरपश्चिम प्रदेश सरकारले चैत ८ गते खेलकुद परिषदको सदस्य सचिवमा दिपक सिंह तथा सद्स्यहरुमा झलक शाह, दुर्गा अधिकारी, चित्र भट्ट ललगायतलाई मनोनयन गरेको थियो । मंगलबार सुदूरपश्चिम क्षेत्रीय खेलकुद विकास समिति र जिल्ला खेलकुद विकास समिति कैलालीले एक कार्यक्रमकाबीच उनिहरुलाई सम्मान गरेको हो ।

 खेलकुद विकास समितिका क्षेत्रीय प्रमुख प्रेम मल्ल, जिल्ला खेलकुद विकास समितिका प्रमुख टोप बिष्टले स्वागत तथा सम्मान गरेका थिए ।