धनगढी पोष्ट
शनिबार, ०६ असार २०७७ मा प्रकाशित
धनगढी,
सुदूरपश्चिम प्रदेशमा २४ घण्टाको अवधीमा एक सय ६३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
राष्ट्रिय जनस्वास्थय प्रयोगशालामा गरिएको परिक्षणमा ९१, सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा ६९ र त्रिभूवन शिक्षण अस्पतालमा गरिएके परिक्षणमा ३ जनामा कारोना संक्रमण पुष्टी भएको हो । सो संगै सुदूरपश्चिम प्रदेशमा जम्मा कोरोना संक्रमित बीरामीको संख्या ९ सय ४८ पुगेको छ ।
नयाँ थपिएका संक्रमितहरुमा डोटीका ६ महिने बालक सहित ७२ जना (१३ महिला र ५९ पुरुष) बैतडीका २० जना ( १ महिला १९ पुरुष) डडेल्धुराका ३२ जना (९ महिला र २३ पुरुष) कैलालीका २७ जना (२५ पुरुष २ महिला) कञ्चनपुरका एक जना पुरुष, बझाङका दुई जना पुरुष, र अछामका दुई पुरुष रहेका छन् ।